वामपन्थी मिल्दा भुइँचालो नेता केसी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
वामपन्थी मिल्दा भुइँचालो  नेता केसी

सारांश

  • पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गर्नुभएको छ ।
  • चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो ।
  • राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै काँग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गर्नुभएको छ ।

चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो ।

राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै काँग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गर्नुभयो ।

सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराउनुभयो ।

केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठूला पार्टी मिले अब के होला ? भनेर प्रश्न गर्नुभएको पनि उल्लेख गर्नुभयो ।

आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठीक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उहाँले बताउनुभयो ।

संघीयताका कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुकलाई निकास नदिने पनि दोहो¥याउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
सफल होला त अनमोल र नीतिको जोडी
सफल होला त अनमोल र नीतिको जोडी
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?
देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन

तपाईंले छुटाउनुभयो कि?