एशियन कप छनोट फुटबलमा नेपाल पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
एशियन कप छनोट फुटबलमा नेपाल पराजित

सारांश

  • काठमाडौँ, १४ चैत, कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
  • दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
  • यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ ।

काठमाडौँ, १४ चैत, कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ ।

जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ मा संयुक्त अरब इमिरेट्समा हुने एएफसी एशियन कपका लागि छनोट भएको छ भने फिलिपिन्स समूहको शीर्ष स्थानमा रह्यो । त्यस्तै, समूह एफ मा रहेका नेपाल र ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिए ।

प्रतियोगितामा छ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने दुई खेलमा मात्र बराबरी खेलेको थियो ।

यमनले खेलको ३४औँ मिनेटमा पहिलो अग्रता लिएको थियो भने नेपालका नवयुग श्रेष्ठले खेलको पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर त्यो १–१ गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।

खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो । नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित ग¥यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?