भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना

सारांश

  • भारतीय चर्चित प्लेव्याक गायक सोनु निगम काठमाडौँको थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
  • आफ्नो एक गीतको भिडियोको सुटिङका लागि नेपाल आएका उनी ढाडमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएका हुन् ।
  • उनको रगत जाँच र एक्सरे गरिएको र एमआरआई पनि गरिने अस्पताल श्रोतले जनाएको छ ।

भारतीय चर्चित प्लेव्याक गायक सोनु निगम काठमाडौँको थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । आफ्नो एक गीतको भिडियोको सुटिङका लागि नेपाल आएका उनी ढाडमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएका हुन् ।

उनको रगत जाँच र एक्सरे गरिएको र एमआरआई पनि गरिने अस्पताल श्रोतले जनाएको छ । डा। पंकज जलान, डा। प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।
‘आज उहाँलाई होटल फर्काउने कि अस्पतालमै राख्ने भन्ने कुरा एमआरआईको रिपोर्ट हेरेपछि मात्र थाहा हुन्छ’, अस्पताल स्रोतले भन्यो,‘ तर अहिलेको स्थिति हेर्दा एक रात अस्पतालमै राख्ने सम्भावना देखिएको छ ।’
यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि उनी पोखराको कार्यक्रममा आएका थिए । उनले भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
कोरोनाबाट एक सैनिकको मृत्यु
अमेरिकी राष्ट्रपतिका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय
अमेरिकी राष्ट्रपतिका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
एउटा दुर्लभ रोग जसले पाँच वर्ष हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा जगायो
एउटा दुर्लभ रोग जसले पाँच वर्ष हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा जगायो
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण

तपाईंले छुटाउनुभयो कि?