मध्यरातमा महोत्तरीमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मध्यरातमा महोत्तरीमा बम विस्फोट

सारांश

  • महोत्तरी ।
  • महोत्तरी, स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन महोत्तरीको बर्दिबासमा बम विस्फोट भएको छ ।
  • बर्दिबास नगरपालिकाको कम्पाउन्डबाहिर वालुवा राखिएको ठाउँमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

महोत्तरी । महोत्तरी, स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन महोत्तरीको बर्दिबासमा बम विस्फोट भएको छ । बर्दिबास नगरपालिकाको कम्पाउन्डबाहिर वालुवा राखिएको ठाउँमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

टिफिन बक्सभित्र विस्फोटक पदार्थ राखेर पड्काइएको बलबाट जनधनका क्षति नभएको उनले बताए । बेलुकी ८ बजरेर १० मिनेटमा बम विस्फोट भएको थियो । नेपाली सेनाको फस्ट राइफल गणका मेजर भरत विष्टले थोरै विस्फोटक मात्र विस्फोट भएकाले कुनै क्षति नभएको बताए ।

घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । अरु बम पनि हुन सक्ने आशंकामा सर्च गरिए पनि थप विस्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ । विस्फोटको घटनापछि पश्चात बर्दिवासलगायतका स्थानमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?