एमाले कार्यकर्ता माथी फेरि भयो माओवादीद्वारा हत्याको प्रयास !!!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
१११० पटक हेरिएको
Shares
एमाले कार्यकर्ता माथी फेरि भयो माओवादीद्वारा हत्याको प्रयास !!!

सारांश

  • हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ ।
  • बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।
  • घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए ।

हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए ।

तामाङ आत्तिएर लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो ।

गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए । एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भर्त्सना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

एमाले सम्बद्ध भातृ संगठनहरु पनि तामाङ माथि भएको गोली प्रहारको भर्त्सना गर्दै नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथै उनीहरुले नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् ।

यस अघि पनि दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको थियो । अर्का एकजना घाइते समेेेत भएका थिए ।

तामाङको बुवा स्थानीय तह चुनावमा एमालेबाट खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुनुहुन्थ्यो ।

 

 

 

 

श्रोतको आधारमा

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?