पशुपति घाट सेवा केन्द्रका कर्मचारीको सेवा सुविधा वृद्धि

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पशुपति घाट सेवा केन्द्रका कर्मचारीको सेवा सुविधा वृद्धि

सारांश

  • काठमाडौं।
  • पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ।
  • घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो।

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ। घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो। घाट सेवा केन्द्रका कर्मचारीसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई आजैका मितिबाट कार्यान्वयनमा लैजान लागिएको कोषले जनाएको छ। सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्याइएको छ।

त्यसैगरी अवकाश पाउँदा उपदान वापत डेढ लाख पाउनेमा पाँच लाख पुर्याइएको छ। १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन्। सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका  कर्मचारीलाई १ लाख अवकाश पछि पाउने उपदान बढाएर ३ लाख दिने सहमति गरिएको बताए। त्यसैगरी १५ वर्ष बढि सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपादान वापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्याउने सहमति गरिएको छ।

घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपादान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग पनि गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?