यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
सारांश
- काठमाडौंमा वर्षमा करिब ३ लाख भन्दा बढी मानिसहरु भित्रिन्छन् ।
- बढ्दो जनसंख्याले गर्दा कोठा, फ्ल्याट पाउन नै गाह्रो छ ।
- यसैलाई मध्यनजर गर्दै SOFTECH Foundation ले घरबेटी डटकम ल्याएको छ ।
काठमाडौंमा वर्षमा करिब ३ लाख भन्दा बढी मानिसहरु भित्रिन्छन् । बढ्दो जनसंख्याले गर्दा कोठा, फ्ल्याट पाउन नै गाह्रो छ । यसैलाई मध्यनजर गर्दै SOFTECH Foundation ले घरबेटी डटकम ल्याएको छ । यसै विषयमा केन्द्रित भई शिखर न्युजका लागि मुना बोहोराले गरेको (www.gharbheti.com) घरबेटी डटकमका सिइओ राजन दाहालसँगको संक्षिप्त कुराकानी ः
- घरबेटी डटकम के हो ? यसको मुख्य उद्देश्य बताइ दिनुहोस !
घरबेटी डटकम कोठा, घरभाडा लिन र दिन सकिने अनलाइन पोर्टल हो । घरभेटी डटकमले नेपाली समुदायमा स्मार्ट सिटीको चर्चा र परिकल्पना गरिरहँदा कोठा या घर भाडामा खोज्नका निम्ति घर–घर, सडक–सडक चहार्दै कोठा भाडा छ, भनि हिँडिरहनु भनेको स्मार्ट सिटी भन्ने शब्दकै उपहास गरेको देखिन्छ । तसर्थ उक्त पीडादायी समस्या र समयको दुरुपयोग नहोस् भननका लागि घरबेटी डटकम अत्यन्त प्रभावकारी वेबसाइट हो ।
घरभेटी डटकमले घरभेटीलाई आफ्नो कोठा, फ्ल्याट, घर खाली भएको जानकारी घरभेटी डटकममा गएर राख्न सक्नेछन् भने कोठा खोज्नेहरुले आफूले खोजेको किसिमको कोठा सहजै छनौट गरी बुक गर्न सक्नेछन् ।
घरभेटी डटकम एउटा यस्तो पोर्टल हो, जसमा घरभाडा लिन र दिनका निम्ति मानिसहरु आउनेछन् । एउटा ठूलो समस्या समाधान हुनेछ । कोठा वा घर महिनौंसम्म खाली रहेर घरभेटीको आम्दानी घट्छ भने कोठा वा घर खोज्ने मान्छेले पनि दुःख पाइरहेका छन्, खोजे जस्तो कोठा भेटिरहेका छैनन् । उक्त समस्याको समाधान हुनेछ भने आर्थिक बृदी पनि सहयोग पुग्नेछ । यस समस्याको समाधान दिनु नै यसको मुख्य उद्देश्य हो । - घरभेटी डटकमको सेवा लिन लाई पैसा तिर्नु पर्दछ कि पर्दैन ?
- घरभेटी डटकम फ्रि र पेड दुवै किसिमको सर्भिस उपलब्ध छ । sponsored listing, premium listing र featured posting मा property listगर्नका निम्ति घरभेटीलाई पैसा तिर्नुपर्ने हुन्छ भने general listing मा पैसा तिर्नुपर्दैन् । साथै कोठा, घर खोज्ने व्यक्तिलाई सेवा निःशुल्क छ ।
कोठा खोज्न चाहनेले कोठाको प्रकार (विल्डिङ रुम, फ्ल्याट) पैसा र ठाउँको आधारमा खोजी गर्न सक्नेछन् । - छोट्कारीमा यस्को पर्योग गर्ने तरिका बताइ दिनुस न
घरभेटीले post your property मा गएर registration form भरी एउटा अकाउन्ट क्रेट गरिसकेपछि आफूसँग भएका कोठा, घर, फ्ल्याटहरुको विवरण, भाडादर, सुविधाहरु र फोटोहरु राख्न सक्नेछन् ।
घरभेटी डटकममा notify room भन्ने एउटा यस्तो फिचर छ जुन आजको मानिसहरुको कोठा खोज्ने समस्याको समाधान हो । तपाई कहिँ कुनै घर या फ्ल्याटमा बसिरहनुभएको छ तर केही दिन वा महिनामा कोठा सर्नुपर्ने छ भने तपाई घरभेटी डटकमको notify room मा गएर तपाईं कुन–कुन ठाउँमा कोठा चाहनुहुन्छ, कुन प्रकारको (विल्डिङ रुम, फ्ल्याट) र कतिदेखि कति रुपैयाँ सम्मको कोठा चाहनुहुन्छ उक्त विवरण भरिदिए पछि घरभेटी डटकमले तपाईंलाई इमेलमा तपाईंले खोजेको जस्तो कोठा, खोजेको ठाउँमा भएको जानकारी गराइदिन्छ ।
अब ठूलो समस्याको समाधान भएन त ? साथै घरभेटी नामको मोबाइल एप डाउनलोड गरेर पनि चाहेको जस्तो कोठाको notification / details थाहा पाउन सक्नुहुनेछ । - तपाईं हरु को भाबी रणनिती के छ ? काठमाडौं बाहिर का पर्योग कर्ता हरु लाई कसरी समेट्ने योजना छ त ?
अब तुरुत्नै हामी एजेन्सीमार्फत नेपालका महानगर र उपमहागरमा पनि उक्त सुविधाहरु उपलब्ध गराउन लागेका छौं । दशैं तिहार पछि देशका अन्य महानगर र उपमहानगरका कोठा र घर खोज्न सकिनेछ । साथै हामीले NTA / Telecom Providers हरुसँग समन्वय गरी अन्य सहज उपायहरुको बारेमा छलफल भइरहेको छ । घरभेटी डटकम आफैंमा एउटा वेबमा आधारित भएकाले यसलाई बिना इन्टरनेट वा इन्टरनेटको पहुँच नभएका व्यक्तिले चलाउन सक्ने छैनन् ।
तर हामीलाई के विश्वास छ भने हाल नेपालले देशैभरी इन्टरनेट र फाइबरको बिच्छिन लागिसकेको समयमा अबका दिनमा इन्टरनेट र इन्टरनेटको प्रयोगकर्ताको कमी हुने छैन् । प्रविधि र प्रविधिको tool हरुको प्रयोग दिन प्रतिदिन बढीरहन्छन् नै र मानिस विकासप्रेमी र विकासको खोजी गर्ने भएकाले उक्त समस्या भविष्यमा नहोला ।
घरभेटी डटकम पहिलो चरणमा महानगर र उपमहानगरमा सुविधा उपलब्ध गराउन केन्द्रित भउकाले उक्त ठाउँहरुमा इन्टरनेट र इन्टरनेटको प्रयोगकर्ताको समस्या पर्दैन् । - अन्तिममा हाम्रो पाठकहरुलाई के भन्न चाहनु हुन्छ ?
घरभेटी डटकम घर भाडा लिन र दिने एक स्मार्ट सोलुसन हो, तसर्थ यसको प्रयोग गर्नुहोस् । घरभेटीले कोठा खाली रहिरहँदा जुन आथिृक घाटा भइरहेको छ उक्त समस्याको समाधान घरभेटी डटकम हो ।
साथैकोठा खोज्न गल्ली–गल्ली, सडक–सडक चाहर्नुभन्दा घरभेटी डटकमको website http://www.gharbheti.com/ मा गएर आफ्नो आवश्यकता भर्नुहोस् । घरभेटीले तपाईंको समस्याको समाधान गर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया