राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

सारांश

  • काठमाडौं ।
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन् ।
  • आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्ख्याको कुरा नभई विभिन्न एजेण्डामा राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन् ।

आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्ख्याको कुरा नभई विभिन्न एजेण्डामा राष्ट्रिय सहमतिको खाँचो रहेको बताए । सङ्ख्या के हो भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतमा देखिएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाएको विश्वासको मत नै राष्ट्रिय सहमतिको बलियो आधार भएको बताए।

“उनले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाउनुभयो”, उनले भने, “अब संसद्मा सङ्ख्या गनेर काम छैन । राष्ट्रिय सहमतिको खाँचो छ भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतले प्रष्ट पारेको छ ।”

देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ थियो । “हिजो र आज गरेका गठबन्धनभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्नुपर्ने बेला आएको छ, अब गठबन्धनका कुरा गर्ने होइन”, उनल् भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?