काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छ- नेता सिंह

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ७ फागुन , नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ ।
  • प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउनुभएको हो ।
  • “प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ, ७ फागुन , नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ ।

प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउनुभएको हो ।

“प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ”, उहाँले भन्नुभयो । पूर्व महामन्त्री सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न काँग्रेसको ठूलो भूमिका रहेको भन्दै काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचन भएको दुई वर्ष बित्दासमेत पार्टीभित्र पदाधिकारी, विभाग र केन्द्रीय समितिको विस्तार हुन नसक्नु दुःखद कुरा हो, पार्टी विधिअनुसार चल्न नसक्दा निर्वाचनमा पराजित भएको हो”, उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्धतिकै पराजय भएको बताउनुभयो । “नेविसंघ बलियो भएमात्र काँग्रेस बलियो हुन्छ, पार्टी बलियो हुन भ्रातृसंस्था बलियो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीभित्र सिद्धान्त र आदर्शको राजनीतिक गर्नेभन्दा पनि अवसरवादी राजनीतिले प्रश्रय पाएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Amit Ghale Raja

    Kongres aba bagmatima lagera bagaidiye vaigoni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
BRI enhances cross border connectivity: Speaker Mahara
BRI enhances cross border connectivity: Speaker Mahara
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह
प्रहरीले सिरहामा भयका दुई घटना का दोषी हरु पक्राउ
प्रहरीले सिरहामा भयका दुई घटना का दोषी हरु पक्राउ
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?