प्रदेश नं. २ मा नवप्रवेशीलाई माओवादीकाे प्राथमिकता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश नं. २ मा नवप्रवेशीलाई माओवादीकाे प्राथमिकता

सारांश

  • काठमाडौं ।
  • माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं.
  • २ का तहमा उम्मेदवार बनाएको छ ।

काठमाडौं । माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ । माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो । माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ ।

प्रवेश गरेकै दिन उम्मेदवार बनेका तीन नेता
बुधबार उम्मेदवारी दर्ता गर्नुभन्दा केही घन्टाअघि प्रवेश गरेका तीनजनालाई माओवादीले उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ ।

पछिल्लो एक महिनामा प्रवेश गरेर टिकट पाउने ८ नेता
माओवादीले एक महिनायता पार्टी प्रवेश गर्ने आठजनालाई उम्मेदवार बनाएको छ । सद्भावना पार्टीबाट प्रवेश गरेका अनिस अन्सारीलाई सप्तरीको राजविराज नगरपालिकाको मेयरमा टिकट दिएको छ । एमालेबाट प्रवेश गरेका राजनारायण चौधरी महोत्तरीको भङगाह नगरपालिकाको मेयरमा, राजपाबाट प्रवेश गरेका शेख मोत्तिनलाई बाराको सिमरौनगढ नगरपालिकाको मेयरमा, कांग्रेसबाट प्रवेश गरेका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ । राजपाबाट प्रवेश गरेका चेतनारायण महतोलाई सर्लाहीको बगरगन्ज गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाटै माओवादीमा प्रवेश गरेका रामबाबु साहले सर्लाहीको हरपरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट प्रवेश गरेका खड्कनारायण चौधरीले पनि सिरहाको लहान नगरपालिकाको मेयरको टिकट पाएका छन् । एमालेबाटै प्रवेश गरेका ठक्कु महतोले अर्नमा गाउँपालिकाको अध्यक्षको टिकट पाएका छन् ।

दुई तहमा मात्र तालमेल
माओवादी र कांग्रेसबीच दुई तहमा मात्र तालमेल भएको छ । दुई पार्टीबीच धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्र तालमेल भएको हो । प्रदेश नं. २ का १ सय ३४ तहमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने प्रदेश नं. २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीले कांग्रेस, राजपा र संघीय फोरमसँग तालमेल गरेर निर्वाचनमा जाने बताउँदै आएको थियो । तर, माओवादीले काग्रेससँग मात्र तालमेल गरेको छ । सैद्धान्तिक रूपमा पार्टीले गरेको निर्णय नेताले नमान्ने अवस्था आएपछि तालमेल गर्न धेरै गाह्रो भएको साहले बताए । ‘कतिपय तहमा पार्टीले पहिलै उम्मेदवार घोषणा गरिसकेको थियो,’ साहले नयाँ पत्रिकासँग भने, ‘पछि उम्मेदवार फिर्ता गरी तालमेल गराउन गाह्रो भयो ।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Keshab Bahadur Chand

    नयाँ जाेगिले धेरै खरानी दल्छ
    नयाँ मुल्लाले प्याज बढी खान्छ
    नयाँ प्रवेशि बढी क्रान्तिकारी बन्छ
    थाेरै लिएर अाउछ बढी लिएर जान्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?