कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो

सारांश

  • नेपालले कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नयाँ नक्शा जारी गरिसक्दा चीनले उक्त भुभागलाई नेपाल र भारतको आन्तरिक विषय भएको जवाफ दिएको छ ।
  • चीनले नेपाल र भारतले छलफलद्वारा यो मुद्दालाई सुल्झाउने आशा समेत व्यक्त गरेको छ ।
  • नयाँ पत्रिकासँग अन्तवार्ता दिदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भनिन्, ‘कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो ।

नेपालले कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नयाँ नक्शा जारी गरिसक्दा चीनले उक्त भुभागलाई नेपाल र भारतको आन्तरिक विषय भएको जवाफ दिएको छ । चीनले नेपाल र भारतले छलफलद्वारा यो मुद्दालाई सुल्झाउने आशा समेत व्यक्त गरेको छ ।

नयाँ पत्रिकासँग अन्तवार्ता दिदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भनिन्, ‘कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो ।’ कालापानी र लिपुलेकमा धारतको दाबीलाई चीनले किन सहयोग पुर्याउन खोज्दैछ भनी सोधिएको प्रश्नमा उनले नेपाल र भारतबीचको विषय हो भनेकी हुन् । उनले परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्ने विश्वास समेत व्यक्त गरिन् ।

सन् २०१५ मा लिपुलेकमार्फत् द्विपक्षीय व्यापारका लागि सहमति गरेका थिए । नेपाली भुमि लिपुलेकबाट व्यापार गर्ने भनेर सम्झौता गर्दा नेपालसँग चीनले पनि कुनै छलफल र परामर्श गरेको थएन । त्यसको विरोधमा नेपाल सरकारले कुटनीतिक नोट नै पठाएको थियो । चीनको समेत लिपुलेक मार्गमा सहमति र सम्झौताको विषय उठिरहँदा चिनियाँ पक्षको धारणा सार्वजनिक भएको हो ।

राजदूत यान्छीले सन् २०१५ को चीन र भारतबीचको हस्ताक्षरित संयुक्त वक्तव्य विवादित भूभागको सम्प्रभुतासँग संलग्न नभएको तर्क गरिन् । उनले यसलाई परम्परागत व्यापार च्यानल केवल सीमाका बासिन्दाको सुविधाको लागि मात्र भएको टिप्पणी गरिन् । नेपाल र भारतबीच सम्बन्धमा उतारचढाव आउँदा चीनलाई तान्न केही शक्तिले प्रयास गर्ने गरेको समेत बताइन् ।

उनले एमसीसी र बीआरआईको तुलना गर्न नचाहेको बताइन् । उनले भनिन्, ‘एमसीसीको नितान्त नेपाल र अमेरिकाबीचको विषय हो ।.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण
एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन
एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन
बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
The Power of the Apple
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?