स्मार्ट लाइसेन्स वितरण शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
स्मार्ट लाइसेन्स वितरण शुरु

सारांश

  • कैलाली, २२ भदौ ।
  • सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ ।
  • कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिनुभयो ।

कैलाली, २२ भदौ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ ।

कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिनुभयो ।

उहाँले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरुपयोग गर्ने सम्भावना कम हुने बताउनु भयो । पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने बतावउनुभयो ।
हाल शुरुवाती चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिनुभयो । यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा पनि ५०० राजश्व तिर्नुपर्ने व्यवस्था छ ।

(https://colorreflections.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?