चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
सारांश
- केशरमान बुढाथोकी दाङ, १७ माघ ।
- दाङको घोराही उपमहानगरपालिकाका ७७ वर्षीय जोगबहादुर घर्तीको यो कठ्याग्रिने चिसोमा न खाना छ न त नाना नै ।
- जोवनमा उनले तीन भाइ छोराहरुलाई जन्म त दिए तर अहिले बुढेशकालमा उनीमाथि कुनै छोराको आँखा गएन ।
केशरमान बुढाथोकी
दाङ, १७ माघ । दाङको घोराही उपमहानगरपालिकाका ७७ वर्षीय जोगबहादुर घर्तीको यो कठ्याग्रिने चिसोमा न खाना छ न त नाना नै । जोवनमा उनले तीन भाइ छोराहरुलाई जन्म त दिए तर अहिले बुढेशकालमा उनीमाथि कुनै छोराको आँखा गएन ।
घरमा एक छाक खाना र एक सरो लगाउने नाना नभए पनि उनले जेनतेन ज्यान जोगाई रहेका छन् । यसरी पीडाको जीवन उनले बिताउदै आए । भनिन्छ कोही नहुनेको दैव हुन्छ रे । त्यस्तै उनका लागि घोराही– १४ कै तारा पुरी दैव बनेर आइन् । पुरीले बृद्ध घर्तीलाई एक थान न्यानो फाइवरको सिरक, दुई बोरा चामल, तेल सहयोग गरेकी छन् । त्यतिमात्रै होइन पुरीले उनलाई एक सरो कपडा समेत सहयोग गरेकी छन् ।
आफ्नै छोराहरुले यो ७७ बर्षे बृद्ध अबस्थामा बेवास्ता गरेको उनको गुनासो छ । सामाजिक अभियन्ता पुरीले न्यानो कपडा तथा खाद्यन्न सहयोग गरेपछि ७७ वर्षीय घर्ती खुशी देखिन्छन् । तर यो सहयोगले जीवनभरि पुग्दैन । ७७ वर्षको भए पनि उनले अहिलेसम्म बृद्धभत्ता समेत पाएका छैनन् ।
प्रतिक्रिया