दीपेन्द्र र सीमा उत्कृष्ट मोडल

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७९
|
|
४९ पटक हेरिएको
Shares
दीपेन्द्र र सीमा उत्कृष्ट मोडल

सारांश

  • काठमाडौं ।
  • द फ्लीक मोडल्स २०२२ को उपाधी पुरुष तर्फ दिपेन्द्र सोनाम र महिला तर्फ सीमा श्रेष्ठले जितेका छन् ।
  • काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उत्कृष्ट मोडल घोषित हुँदै दुबैले जनही ५० हजार रुपैयाँ र ट्रफी जितेका छन् ।

काठमाडौं । द फ्लीक मोडल्स २०२२ को उपाधी पुरुष तर्फ दिपेन्द्र सोनाम र महिला तर्फ सीमा श्रेष्ठले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उत्कृष्ट मोडल घोषित हुँदै दुबैले जनही ५० हजार रुपैयाँ र ट्रफी जितेका छन् ।

नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा दीपेन्द्रले मिस्टर लिडरसीप, बेस्ट ड्रेस र मिस्टर फोटोजेनिकको उपउपाधि समेत हाँसिल गरेका छन् ।

महिला मोडलको उपाधि बिजेता गोरखाकी सीमाले यसअघि व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा बेस्ट ड्रेस अवार्डको उपाधि जितेकी थिइन् । उनले यसपटक मुख्य उपाधिसँगै वेष्ट ड्रेस, फोटोजेनिक, लिडरसिप र बेस्ट टाक्सको उपाधि पनि हाँसिल गरेकी छिन् ।

यो प्रतियोगितामा सागर बस्नेत र अंकी सेती फस्ट तथा वेदान्त रञ्जित र सीमा गुरुङ सेकेण्ड रनरअप भएका छन्। त्यसै गरी वेदान्त रञ्जित र अंकी सेती मिस्टर र मिस ट्यालेन्ट, केविन श्रेष्ठ र सीमा गुरुङ मिस्टर र मिस क्याटवक, जेम्स दुनदास र अमिषा सुवेदी मिस्टर र मिस एटीट्युड, शरद करेन र स्वती यादव मिस्टर र मिस कन्फिडेन्ट घोषित भएका छन् ।

प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, मोडल दीपक घिमिरे, सिर्जना श्रेष्ठ, विशाल गुरुङ निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस टिपरसँग ठोक्किँदा ५ जना घाइते
बस टिपरसँग ठोक्किँदा ५ जना घाइते
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
बडादशैको नवमीमा मात्रै खुल्ने काठमाडौँको तलेजु मन्दिर यो वर्ष नखुल्ने
बडादशैको नवमीमा मात्रै खुल्ने काठमाडौँको तलेजु मन्दिर यो वर्ष नखुल्ने
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
तीन हजार हेक्टरमा कृषि वन
तीन हजार हेक्टरमा कृषि वन
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
बाजुरा वाम गठबन्धनको कब्जामा
बाजुरा वाम गठबन्धनको कब्जामा
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’