एमालेले १३६मध्ये ७०वटा स्थानीय तहमा जित्ने
सारांश
- लहान, २२ भदौ ।
- नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं.
- प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।
लहान, २२ भदौ । नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।
नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स्थानीय तहमा विजयी भइ पहिलो पार्टी बन्ने बताउनुभएको हो ।
बिहानीको वातावरणले दिउँसोको संकेत गरेजस्तै एमालेलाई अन्य प्रदेशमाझै २ नं प्रदेशमा पनि त्यस्तै सफलता मिल्ने जिकिर गर्दै उहाँले यहाँ थुप्रै षडयन्त्र भए पनि एमाले अझ सशक्त हुँदै आएको उल्लेख गर्नुभयो । हुलाकी राजमार्गको निर्माण, पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन, जनता आवास, वृद्धवृद्धा भत्ता लगायतका जनप्रिय कार्य एमालेले नै गरेका कारण जनतामा जतिसुकै एमालेविरुद्ध भ्रम छरे पनि त्यो असफल हुँदै गएको टिप्पणीसमेत गर्नुभयो ।
हिजोसम्म एमालेलाई गाली गर्नेहरु आज आफैँ एमालेमा फर्किन थालेको बताउनुहुँदै आफ्नो पार्टीविरुद्ध फैलाइएको भ्रमलाई चिर्ने र पार्टीलाई २ नं प्रदेशमा बलियो बनाउने गरी आक्रमक प्रचारमा जुट्न पनि आग्रह गर्नुभयो ।
एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको अध्यक्षतामा आयोजित भेलामा सोहीदलका केन्द्रीय सदस्य लीला श्रेष्ठ, सांसद ममता गिरी, पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव, सोही दलका लहान नगरपालिकाका प्रमुख उम्मेदवार मुनी साह तथा उपप्रमुख सिरयार चौधरी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।
Basudev Shrestha
१३६ नै जित्न सक्छ है !
Abishek Bulan
Madhesi le Hanxa Hai sathi Ho jitnu t kaha Ho kaha
Dev Bdr Maharjan
७०वटा भन्दा पनि बढी हुनछ कि ?
Kamal Sahani
लाज पचेको हेर्नुस् त।हिजो त्यही मधेसीको छोराछोरी मार्ने एमाले मधेसी मुलको नेपाली लाइ बिहारी र भारतीय भन्ने ले ७०होइन ७पनि नआवोस।।देखादिन्छ जनताले हेर्नु होला ३गते।।
Dhan Bisht
27 ota ta pakkai ho