किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
२० पटक हेरिएको
Shares
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !

सारांश

  • स्थानीय चुनावको रन्को सकिएलगत्तै मुलुकमा संघीय र प्रदेशसभा निर्वाचनको माहोल सुरु भएको छ ।
  • राजनीतिक दलहरु चुनावमा केन्द्रीत हुन थालेका छन् ।
  • स्थानीय चुनावमा भएको राजनीतिक शक्ति समीकरण बदलिएको छ ।

स्थानीय चुनावको रन्को सकिएलगत्तै मुलुकमा संघीय र प्रदेशसभा निर्वाचनको माहोल सुरु भएको छ । राजनीतिक दलहरु चुनावमा केन्द्रीत हुन थालेका छन् ।

स्थानीय चुनावमा भएको राजनीतिक शक्ति समीकरण बदलिएको छ । राजनीतिक शक्ति समीकरण बललिएसँगै मुलुकमा एउटा नयाँ बहसको सुरुवात भएको छ ।

बाम कम्युनिष्टहरु र लोकतान्त्रिक धारबीच देखिएको धुर्वीकरणले चुनावमा प्रभाव पार्ने देखिए पनि यो खालको धुर्वीकरणलाई जनताले भने पत्याउने आधार खस्किदै गएको देखिन्छ ।

दशैंको अन्ततिर कम्युनिष्टहरु एक हुने सपना दिएर निर्माण भएको उक्त बाम गठबन्धनबाट बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति बाहिरिसकेको छ भने नेकपा एमाले र माओवादी केन्द्रबीचको आन्तारिक तालमेलको कुरामा समेत मन मिल्न नसकेका कुराहरु बाहिर आइरहेका छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनमा पनि कांग्रेस, राजपा र अन्य मधेसवादी दलहरुबीचमा खासै कुरा मिल्न सकेको छैन ।

केही दिन अघिसम्म वाम गठबन्धनतिर जानेकि लोकतान्त्रिक गठबन्धनमा छिर्ने भन्ने कुरामा दोधारमा रहेको राप्रपा सरकारमा प्रवेश गरेको छ, जसका कारण सरकारमा रहेको माओवादी निश्प्रभावी हुने संकेत बढेर गएको छ ।

यी गतिविधिलाई सुक्ष्म ढंगले अध्ययन गर्ने हो भने मुलुकमा अब बैचारिक दृष्टिकोण भएका पार्टीहरुको मृत्यु हुँदै गएको देखिन्छ । चुनावी परिणाम र सत्ताको स्वार्थमा केन्द्रीत रहेर तत्कालका लागि सँगै हिडिरहेका सहयात्री दलहरुलाई गौंडा–गौंडामा धोका दिने राजनीतिक संस्कारले वर्तमान राजनीतिक दलहरुबाट मुलुकको भविष्य कता जाँदैछ भन्ने कुरा छर्लङ हुँदै गएको देखिन्छ ।

के बाबुरामलाई कांगे्रसले पत्याउला ?

बाम गठबन्धन निर्माण गरी हतार–हतार सुर्य चिन्हबाटै चुनाव लड्ने तरखरमा पुगेका बाबुराम भट्टराई हतार–हतारमै बाम गठबन्धनबाट बाहिरिएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल लगायतका विषयमा कुरा नमिल्दा उनले तत्काल गठबन्धन बाहिरिने निर्णय गरे ।

विशेषगरी गोरखा क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने विषयमा बाबुराम र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच कुरा नमिल्दा उनले तत्काल गठबन्धन तोडे । अब उनले गोरखा–२ मा चुनाव लड्ने रणनीति तय गरेका छन् । कांग्रेससँग मिलेर चुनाव लड्ने रणनीति बनाएका बाबुरामलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याउलान् नपत्याउलान् त्यो भने हेर्न बाँकी छ ।

यसरी सकिदैछन् दलहरु !

यसबाट बाबुराममा पनि वैचारिक राजनीति दृष्टिकोण भन्दा पनि तत्कालका लागि शक्ति समीकरण फेरबदल गर्ने प्रवृत्ति देखिएको छ । त्यस्तै, राप्रपमा पनि तत्काल त्यो खालको प्रवृत्ति देखिएको छ । लामो समय राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले पछिल्ला वर्ष उसको साथ छोड्दै गयो र लोकतान्त्रिक प्रक्रियामा सामेल भयो ।

राजतन्त्रको आफ्नो पहिलो र महत्वपूर्ण वैचारिक दृष्टिकोणसँग गाँसिएर आएको सो पार्टीमा पनि विचार मर्दै गएको एकथरी विश्लेषकहरुको भनाई छ । आफ्नो मूल दृष्टिकोणनै ९राजतन्त्र० नै छाडेर अन्य शक्तिहरुसँग साँठगाँठ गर्नु र कुर्सी पाउने वित्तिकै ह्वात्तै हाम फाल्नुले राप्रपा मुलुकको भरपर्दो शक्तिबाट कट्दै गएको प्रस्टै बुझ्न सकिन्छ ।

त्यस्तै दश वर्षको जनयुद्ध गरेर आएको पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा समेत वैचारिक स्खलन भएको प्रस्ट देखिन्छ । वाम गठबन्धनको नाममा कम्युनिष्टहरु एक हुने नारा दिएर एमाले र माओवादी केन्द्रबीच सहमति भएपनि ती दुई पार्टीबीच तत्काल पार्टी एकता हुने सम्भावना निकै कम भएको जानकारहरु बताउँछ ।

दाहाल निकै दुरदर्शी र चतुर राजनीतिक खेलाडी भएकोले उनले एमालेसँग मिलेर आफ्नो पार्टीको साख जोगाउने खेल खेलेको राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली झन् माहिर राजनीतिक खेलाडी भएकोले उनको महत्वाकांक्षा समेत अर्कै रहेको प्रस्टै बुझिन्छ ।

त्यस्तै, माओवादीबाटै फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि अघिल्ला चुनावहरु बहिष्कार गर्दै आएपनि यो पटक चुनावमा भाग लिने निर्णय गरेको छ । सो पार्टीको दृष्टिकोणमा उसमा पनि बैचारिक रुपमा स्खलन आएको छ ।

यसरी अति उग्रपन्थी र अति दक्षिणपन्थी राजनीतिक शक्तिहरु विपरित ढंगले वैचारिक दृष्टिकोणबाट बाहिरिदै जानु भनेको मुलुकमा भरपर्दो वैचारिक राजनीतिक शक्तिको सकिदै गएको संकेत हो । यद्यपि, अहिले मुलुकमा नेपाली कांग्रेस र एमालेबीचनै टक्कर हो भन्ने विषयलाई भने यसले थप टेवा दिएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल
निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
यी हुन् केन्द्रमा रहने १८ वटा मन्त्रालय
यी हुन् केन्द्रमा रहने १८ वटा मन्त्रालय
“यूएई दुताबासद्वारा फोन उठाउने ब्यक्ति सिफारिस”
“यूएई दुताबासद्वारा फोन उठाउने ब्यक्ति सिफारिस”
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
इजरायलबाट नेपाली नागरिकको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
इजरायलबाट नेपाली नागरिकको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
सहकारी स्थानीय तहलाई हस्तान्तरण
सहकारी स्थानीय तहलाई हस्तान्तरण
सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश
सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश
संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव
संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव

तपाईंले छुटाउनुभयो कि?