सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ कात्तिक ।
  • सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ सार्वजनिक गरेको छ ।
  •   सार्वजनिक कार्यविधिमा नेपालमै काम गर्न चाहाने युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा उपलब्ध गराउने भएकाे छ ।

काठमाडौं, २५ कात्तिक । सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ सार्वजनिक गरेको छ ।  सार्वजनिक कार्यविधिमा नेपालमै काम गर्न चाहाने युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा उपलब्ध गराउने भएकाे छ ।

कार्यविधिमा नेपाल सरकार अर्थमन्त्रालयले देशमै उद्यम गर्न चाहने युवाका लागि ठूलो मात्रामा ‘सफ्ट लोन’ उपलब्ध गराउने भएको हाे । अति आवश्यक र माग भएको चिनी, अण्डा, दूध, माछा, अदुवा, अलैँची र काठमा आत्मनिर्भर बन्न सफ्ट लोन प्रभावकारी हुने देखिएको छ । यसका लागि अर्थ मन्त्रालयले । युवाले विभिन्न विधामा ऋण लिएर उद्यम गर्न सक्नेछन् । ऋणमा ५ प्रतिशत ब्याज अनुदान तथा व्यवसायको अनिवार्य बिमा हुनेछ ।

कुन विधामा कतिसम्म ऋण ?

कृषि र पशुजन्य व्यवसायका लागि ५ करोड रुपैयाँसम्म कर्जा लिन मिल्ने व्यवस्था गरिएको छ । इच्छुक युवाले नेपाल राष्ट्र बैंकले तोकेका विकास बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा लिन सक्नेछन् ।

किन जरुरी छ युवा पुस्ताको उद्यममा संलग्नता ?

१. यसपटकको तिहारमा गतवर्ष भन्दा कम जम्मा ५० लाखको फूल भारतबाट आयात भएको छ । आगामी वर्ष फूलमा आत्मनिर्भर बन्ने गरी फ्लोरिकल्चर विकास गरौँ ।

२. यसपटकको दशैँमा तिब्बतबाट भेडाच्याङ्ग्रा र भारतबाट करोडौँ मूल्यको बाख्रा र राँगा आयात गरिएका छन् । जहाँ कि नेपालमा यत्रो चरण क्षेत्र छ, युवा बेरोजगारी छ । अब कसम खाउँ कि मासुजन्य पदार्थमा हामी आत्मनिर्भर बन्छौँ ।

३. नेपालको एउटा चाउचाउ कम्पनीले खुर्सानीको धूलो र प्याजको रस १५ करोड रुपैयाँ बराबरको भारतबाट आयात गर्छ । नेपालमा कतिवटा चाउचाउ उद्योग छन् ? के हामीले खुर्सानी नेपालमै उत्पादन गर्न सक्दैनौँ ? यत्रा खेतबारी बाँझै छन् ।

४. हामीले वर्षेनी अर्बौँको तरकारी आयात गर्छौं, के हामीले नेपालमै उत्पादन गर्न सक्दैनौँ र ? हिजो भारतले नाकाबन्दी गर्दा तेल, नून र अौषधि रोक्यो तर तरकारीको गाडी आइरह्यो, हेर्नोस् त हाम्रो पीडा । हेर्नोस् त आत्मनिर्भर बन्न नसक्दाको पीडा । खै अब पनि हामीले नचेत्ने ? अब कसम खाउँ कि तरकारी र फलफूलमा हामी आत्मनिर्भर बन्छौँ ।

५. दूध तथा दुग्धजन्य पदार्थ अझै पनि हामी आयात गरिरहेका छौँ । विभिन्न पाउडर र धूलो दूधको रूपमा भने यता मिल्क होलिडेका नाममा हाम्रो दूध खेर गइरहेको छ । अतः बढी हुने दूधको पाउडर बनाउने उद्योग खोलौँ । (राष्ट्रिय युवा परिषद्का उपसचिव ध्रुवराज पौडेलको फेसबुक स्ट्याटस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?