राजपा महामन्त्री एमाले प्रवेश गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
१
|
६१ पटक हेरिएको
Shares
राजपा महामन्त्री  एमाले प्रवेश गर्दै

सारांश

  • २२ भदौ, सर्लाही ।
  • राष्ट्रिय जनता पार्टीका महामन्त्री तथा सांसद जंगीलाल राय नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
  • सर्लाहीका स्थानीय तहको टिकट वितरणमा राजेन्द्र महतो र महिन्द्र राय यादव हावी भएको भन्दै महामन्त्रीबाट राजिनामा दिएका राय एमाले प्रवेशको निर्णयमा पुगेका हुन् ।

२२ भदौ, सर्लाही । राष्ट्रिय जनता पार्टीका महामन्त्री तथा सांसद जंगीलाल राय नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । सर्लाहीका स्थानीय तहको टिकट वितरणमा राजेन्द्र महतो र महिन्द्र राय यादव हावी भएको भन्दै महामन्त्रीबाट राजिनामा दिएका राय एमाले प्रवेशको निर्णयमा पुगेका हुन् ।

 

सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रायले आफ्नो क्षेत्रभित्र पर्ने कविलासी नगरपालिका सहित बिष्णु गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकामा आफूले भनेका कार्यकर्तालाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर उनका मान्छेले टिकट नपाएपछि रायले महामन्त्रीबाट राजिनामा दिए ।

यसैबीच कबिलासी नगरपालिका सहित बिष्णु, ब्रम्हपुरी र चक्रघट्टा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहितका अधिकांश उम्मेदवार एमालेले जंगीलालकै कार्यकर्तालाई बनाएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन् । ‘मेरा कार्यकर्ता जताबाट उठ्छन् उनीहरुलाई नै मेरो समर्थन हो,’ रायले भने, ‘अहिले त चुनावमै छु, सायद चाँडै एमाले प्रवेश गर्छु’ ।

सर्लाहीका एमाले जिल्ला अध्यक्ष रेवती पन्तले सांसद जंगीलाल राय एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । उनले भने, ‘हामीले चारओटा स्थानीय तहमा उहाँले भनेकै साथीहरुलाई उम्मेवार बनाएका छौं । अहिले एमालेका उम्मेदवार जिताउन लाग्नुभएको छ । चाँडै एक कार्यक्रमबाट पार्टी प्रवेश हुनेछ ।’

आउने साता मलंगवा वा अन्य कुनै ठाउँमा चुनावी सभा गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा राय एमाले प्रवेश गर्ने पन्तले बताए । उनले रायको एमाले प्रवेशसँगै सर्लाहीमा कम्तिमा १० स्थानीय तह एमालेले जित्ने निश्चित भएको दावी गरे ।

राय २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट सांसद निर्वाचित भएका थिए । सर्लाहीका ६ क्षेत्रमध्ये तमलोपाले जितेको उनको क्षेत्रमात्र हो । तर टिकट वितरण गर्दा तमलोपाका कार्यकर्तालाई अन्याय गरेर राजेन्द्र महतोले सदभावना र महिन्द्र यादवले तमसपाका कार्यकर्ता अघि बढाएको उनले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘राजपा अब पार्टीको रुपमा रहेन । मधेश आन्दोलनको नाममा ब्याज खान खोज्नेहरुलाई मधेशी जनताले सबक सिकाउँछन् । मैले मेरा कार्यकर्ताको संरक्षण जता हुन्छ त्यतै जानुपर्ने भयो, त्यसैले एमालेमा जान्छु ।’

एमाले जिल्ला अध्यक्ष र राजपा महामन्त्री राय व्यक्तिगत रुपमा पनि साथी हुन् । यो सम्बन्धले पनि काम गरेको उनले बताए । राय एमाले प्रवेश गर्ने भएपछि एमालेले चारओटै स्थानीय तहका आफ्ना उम्मेदवार फिर्ता गरेर रायका कार्यकर्तालाई टिकट दिएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Fayal

    Yo ho ni yamaleko asali charitra. Aafno partyka karyakarta lai bhanda chunab jitna arulai prasaya diyako dekhda karya karta ko man ma k hundo hola?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Sean Spicer reacts to attacks on Ivanka, Kim Kardashian
Sean Spicer reacts to attacks on Ivanka, Kim Kardashian
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
असोज २२ गते बुधबारको राशिफल यस्तो छ
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने