नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली

सारांश

  • भक्तपुुर, २७ भदौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन् ।
  • ओलीले सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको बताए ।
  • तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको तीन लाख २५ हजार सात सय ८० रुपैंया राहात रकम मंगलबार आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएको बताए ।

भक्तपुुर, २७ भदौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन् ।

ओलीले सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको बताए ।

तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको तीन लाख २५ हजार सात सय ८० रुपैंया राहात रकम मंगलबार आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएको बताए ।

‘नेपालीको यो आत्मीयताको संस्कारलाई विथोल्न थुप्रै व्यक्ति र संस्थाहरु लागि परे’, ओलीले भने, ‘भुगोल, जाती, धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासलाई नेपाली जनताले निष्क्रिय पारेका छन् ।’

पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरु धेरै फस्टाएको ओलीले बताए । नेपालको जातीय विविधिता,भाषिक र साँस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी भएको ओलीले बताए ।

उनले भने, ‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरु पनि अहिले फस्टाएका छन् । यस्ता व्यक्ति वा संस्थाहरुबाट सजग हुनुपर्दछ ।’

केही तत्वहरु अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रीय भइरहेको ओलीको धारणा छ । ‘यी सबै तत्वहरुलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन् ।’

राहत रकम संकलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता,कार्यकर्ता,शुभचिन्तक र सहयोगीहरुबाट संकलन गरिएको हो ।

राहत रकम नेकपा (एमाले) केन्द्रीय कार्यलयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पु¥याइने व्यवस्था गरिने ओलीले बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    भावुक कलौनी

    emale le asafal paryo bhannu na oli g

    Comment Author

    Narayan Narayan

    ???❤???????????✌✊???????????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?