रिब्दीकोट गापाद्वारा तीन वटा स्थानीय ऐन पारित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
रिब्दीकोट गापाद्वारा तीन वटा स्थानीय ऐन पारित

सारांश

  • पाल्पा, ३० चैत, रिब्दीकोट गाउँपालिकाले तीन वटा स्थानीय ऐन पारित गरेको छ ।
  • गाउँसभाबाट पारित शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी ऐन स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारीमा रहेको छ ।
  • गाउँपालिकाले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी पूर्णता दिएपछि दोस्रो गाउँसभाबाट ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

पाल्पा, ३० चैत, रिब्दीकोट गाउँपालिकाले तीन वटा स्थानीय ऐन पारित गरेको छ ।

गाउँसभाबाट पारित शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी ऐन स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारीमा रहेको छ । गाउँपालिकाले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी पूर्णता दिएपछि दोस्रो गाउँसभाबाट ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले ऐन प्रमाणीकरण भए पछि स्थानीय निकायमा शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी काम गर्न मार्ग प्रशस्त हुनेछ ।

यसैबीच, तानसेन नगर कार्यपालिकाले सात वटा स्थानीय ऐन पारित गरेको छ । दुई दिनसम्म चलेको नगरसभाले विनियोजन २०७४, आर्थिक नियमन कार्यविधि, प्रशासकीय कार्यविधि, न्यायिक समिति कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधि, कृषि व्यवसाय प्रवद्र्धन, पदाधिकारीका आचारसंहितासम्बन्धी ऐन र सहकारी ऐन २०७४ पारित गरेको नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?