प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
सारांश
- काठमाडौं, भदौ २९ – प्रदेश नम्बर २ मा आउँदो सोमबार हुने चुनावको लागि बिहीबार बेलुकासम्ममा सबै चुनाव केन्द्रमा कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।
- बेलुकासम्ममा प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको लागि ३ हजार ५ सय ७८ मतदान केन्द्रमा झण्डै ३१ हजार कर्मचारी पुग्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
- उहाँका अनुसार हरेक केन्द्रमा कम्तिमा पनि ६ जना कर्मचारी खटाउन लागिएको छ ।
काठमाडौं, भदौ २९ – प्रदेश नम्बर २ मा आउँदो सोमबार हुने चुनावको लागि बिहीबार बेलुकासम्ममा सबै चुनाव केन्द्रमा कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।
बेलुकासम्ममा प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको लागि ३ हजार ५ सय ७८ मतदान केन्द्रमा झण्डै ३१ हजार कर्मचारी पुग्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक केन्द्रमा कम्तिमा पनि ६ जना कर्मचारी खटाउन लागिएको छ । कर्मचारी पुगेपछि शुक्रबारदेखि मतदाता परितयपत्र वितरण गर्ने र परिचयपत्र लिन पुगेकालाई भोट हाल्ने तरिका पनि सिकाउने उहाँले जानकारी दिनुभयो ।
यसैबिच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा समानु्पातिक प्रणालीतर्फ भाग लिन निवेदन पेश गरेका राजनीतिक दललाई निवेदन फिर्ता लिन बिहीबार समय दिएको छ ।
आयोगमा निवेदन दिएका ८८ राजनीतिक दलले बिहान १० देखि ५ बजेसम्म दल दर्ताको निवेदन फिर्ता लिन सक्ने आयोगले जनाएको छ ।
मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेशसभा चुनावको लागि समानुपातिक प्रणालीतर्फ भाग लिने चाहाने ८८ दलले निवेदन दिएका छन् ।
यस्तै प्रतिनिधि सभा निर्वाचन ऐनको नियमावलीको विषयमा बिहीबार आयोगले सबै दलका नेतासँग छलफल गर्दैछ ।
प्रतिक्रिया