एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३० पटक हेरिएको
Shares
एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

सारांश

  •   झापा २ जेठ ।
  • पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।
  • कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ ।

 

झापा २ जेठ ।

पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहनुभएको छ ।

उहाँले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको छ । हाल उहाँको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।

२०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसक्नुभएको छ । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बन्नुभएको छ भने मनग्ये आम्दानी गर्न सफल पनि हुनुभएको छ ।

“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भन्नुभयो, “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउनुहुन्छ ।” उहाँले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चारलाख ६५ हजारमा बिक्री गरेको सुनाउनुभयो । स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उहाँ सुनाउनु हुन्छ ।

उहाँले बाणिज्य बैंकबाट रु ५९ लाख ऋण लिएको बताउँदै भन्नुभयो, “पारिवारिक रुपमा पनि सरसहयोग लिएको छु÷पाइरहेको छु ।” “मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उहाँले बाख्राको गुण बयान गर्दै भन्नुभयो, “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।”

बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ । “हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ” उहाँले भन्नुभयो ।

उहाँले पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिनुभएको छ भने असारमा रु ३८ लाखको बाख्रा थप्ने तयारी रहेको बताउनुभयो । फर्ममा दुईजनाले रोजगारीसमेत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमा बाम गठबन्धनको अग्रता
बागलुङमा बाम गठबन्धनको अग्रता
सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’
सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन
मनकारी परिवार, एउटै परिवारबाट ३० लाख सहयोग
खुला ठाउँमा आगो नबाल्नुस् है १ लाख र जेल जानुपर्ला !
खुला ठाउँमा आगो नबाल्नुस् है १ लाख र जेल जानुपर्ला !
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
So why Ignoring Legit Mail Purchase Brides – Bridex. net Will Price You Time and Sales
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !

तपाईंले छुटाउनुभयो कि?