गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि

सारांश

  • काठमाडौं ।
  • ‘काभ्रेली गुन्डा नाइके’ दावा लामाले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई चियापान कार्यक्रममा सहभागी गराएर सबै अपराधबाट चोखिने प्रयास गरेको खुलासा भएको छ ।
  • काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले दशैँका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा ‘गुन्डा नाइके’ लामाको प्रयासमा मन्त्री विश्वकर्मालाई बोलाएको एक कांग्रेस नेताले बताए ।

काठमाडौं । ‘काभ्रेली गुन्डा नाइके’ दावा लामाले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई चियापान कार्यक्रममा सहभागी गराएर सबै अपराधबाट चोखिने प्रयास गरेको खुलासा भएको छ ।

काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले दशैँका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा ‘गुन्डा नाइके’ लामाको प्रयासमा मन्त्री विश्वकर्मालाई बोलाएको एक कांग्रेस नेताले बताए ।

‘दावा लामाले तरुण दलका नेता महेश खरेललाई दवाव दिएपछि चियापन कार्यक्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई बोलाइएको हो’, काभ्रे कांग्रेसका एकजना जिल्ला सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दावा लामा प्रहरीबाट भएको निगरानीबाट बच्न र मन्त्रीको निकट हुन खोजेका छन् । त्यसैका लागि चाँजोपाँजो मिलाउन मन्त्रीलाई बोलाएर सबै कर्मबाट चोखिने प्रयास भएको छ ।’

चियापान कार्यक्रममा देउवा समूहका नेताहरूलाई मात्रै बोलाइएको थियो । सो कार्यक्रममा दावाले आफ्नो अगाडि पछाडि हिँड्ने पचास जना युवाहरूलाई लगेर मन्त्री विश्वकर्माको स्कर्टिङ समेत गरेको स्रोतको भनाइ छ । सो कार्यक्रमको खर्च र चाँजोपाँजो उनै दावाले मिलाएको ती सदस्यले बताए ।

केही महिना अगाडि काठमाडौंको गौरीघाटस्थित एक जिम क्लवमा जाने क्रममा अपरिचत समूहको गोलीबाट घाइते भएका गुन्डा नाइके लामा प्रहरीको उच्च निगरानीमा छन् । दावालाई प्रहरीले पटक(पटक आपराधिक गतिविधिमा संलग्न रहेको भनेर थुनामा राखिसकेको छ । तर, कांग्रेस नेताहरूको पावर लगाएर उनी रिहा हुँदै आएका छन् ।

उपचारपछि केही समय विदेशतिर सयर गरेर काठमाडौं आएका लामाले फेरि दरवारमार्ग, ठमेलसहितका विभिन्न स्थानमा जवरजस्ती चन्दा असुली, ठेक्कापट्टा, अपहरण, गुण्डागर्दी, धम्की जस्ता क्रियाकलापमा संलग्न रहेको उजुरी आउन थालेको महानगरीय प्रहरी टेकुले जनाएको छ ।

मन्त्री विश्वकर्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वाशिला मानिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी
जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी
४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन
४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन
अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा
अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने
काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने
प्रदेश ४ को नामको लागि  चार वटा नाम सिफारिश
प्रदेश ४ को नामको लागि चार वटा नाम सिफारिश
Trump China visit: US leader strikes warmer tone with Xi Jinping
Trump China visit: US leader strikes warmer tone with Xi Jinping
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने

तपाईंले छुटाउनुभयो कि?