जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

सारांश

  • टोकियो, ४ असोज ।
  • जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ ।
  • उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ ।

टोकियो, ४ असोज । जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ ।यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको हुनुहुन्छ ।

उहाँले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गर्नुभएको बताइएको छ । उहाँको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गर्नुभएको थियो । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री हुनुहुन्थ्यो ।जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित हुनुभएको हो । उहाँ पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उहाँको सपना पूरा हुने देखिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
आज १ सय २५ संक्रमित थप, ९१ जना डिस्चार्ज
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
‘अञ्चल अस्पताल’ आफैँ बिरामी
‘अञ्चल अस्पताल’ आफैँ बिरामी
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
छिमेकीलाई दिसा खुवाएपछी…
छिमेकीलाई दिसा खुवाएपछी…
नेपाल र अफगानिस्तान भिड्दै
नेपाल र अफगानिस्तान भिड्दै
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’