अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा

सारांश

  • अला अहमदका छोराको बिहीबार निधन भयो ।
  • तर नाफ्ट मेसनका गोलरक्षक अहमदले यो कुरा न टिमका साथी खेलाडीलाई भने न त प्रशिक्षकलाई नै ।
  • उनी इराकी प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेल पनि खेले ।

अला अहमदका छोराको बिहीबार निधन भयो । तर नाफ्ट मेसनका गोलरक्षक अहमदले यो कुरा न टिमका साथी खेलाडीलाई भने न त प्रशिक्षकलाई नै ।

उनी इराकी प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेल पनि खेले । अल–शोर्टासँगको खेलमा नाफ्ट मेसन बराबरीमा रोकियो । खेल अवधिभर आफ्नो पीडा भुलेर खेलेका अहमदले अन्तिममा आफूलाई थाम्न सकेनन् ।

उनी आँसुमा डुबे, त्यसपछि थाहा पाए टिमका खेलाडी र प्रशिक्षकले थाहा पाए उनका छोराको अघिल्लो दिन मात्रै निधन भएको थियो । उनीहरुले अहमदलाई सान्त्वना दिए । सम्झाए ।

गएको नोभेम्बरमा अमेरिक फुटबलर माकिइस गुडविनले आफ्नो नवजात सन्तानको निधन भएको केही घण्टामै खेल्दै गोल गरेका थिए । अहमदले पनि आफ्नो दुःखलाई भुल्ने माध्यम बनाए खेल । थामिएर खेले । तर अन्तिममा आँसु बनेर बगे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?