विप्लव कार्यकर्ताको कालोमोसो धन्दा, दिनदिनै दुव्र्यवहार बढ्दो
सारांश
- काठमाडौं ।
- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई (कालोमोसो) मोविल दलेर दुव्र्यवहार गरेका छन् ।
- आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई विप्लपका कार्यकर्ताले मोविल खन्याएका हुन् ।
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई (कालोमोसो) मोविल दलेर दुव्र्यवहार गरेका छन् । आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई विप्लपका कार्यकर्ताले मोविल खन्याएका हुन् । मोविल खन्याएपछि जुत्ताको माला समेत लगाइदिएका छन् ।
ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेकोलगायतका आरोप लगाइएको छ ।
ढुङगानाले भ्रष्टाचार भ्रष्टचार गरेकोले कालोमोसो दलिएको एक कार्यकर्ता सन्तोष श्रेष्ठले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘संस्था र परियोजनामा बजेट पारिदिने नाममा, घरजग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने साथै भुमाफिया हरुसङ्ग मिलेर घोल र ऐलानी जग्गा जग्गादलालको नाम मा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्ती मा आतंक मच्चाएको कारण चितवनको रत्ननगर नगरपालिका का मुख्य इन्जिनियर प्रकाश ढुङ्गानालाइ कालो मोसो दल्दै नेपाल कम्युनिस्ट पार्टी, चितवन ।’
चार जनाको संख्यामा आएका उनीहरुले मोविल खन्याएपछि भागेका थिए । शनिबार विप्लबका कार्यकर्ताले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई मोसो दलेर दुव्र्यवहार गरेका थिए ।
नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
गत शुक्रबार नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले नुवाकोटकै गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कालोमोसो दलेका थिए ।
Tilak Karki
Janasarkar ta xaina ni ahile nepal sarkar xa kalo moso daldai hidna paixa testa fatahalai karbai nagarera parsasan k herxa