विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ५, २०७७
|
|
५९ पटक हेरिएको
Shares
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

सारांश

  • काठमाडौं।
  • विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।
  • विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

काठमाडौं। विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना, स्वीडेनमा एक हजार २०३ जना र आयरल्यान्डमा ४४४ जनाको मृत्यु भएको छ ।

संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोकेका छन्।

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाएका छन्, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले