भरतपुर फैसला आज सर्वोच्चले गर्ला त अन्तिम फैसला ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
भरतपुर फैसला आज सर्वोच्चले  गर्ला त अन्तिम फैसला ?

सारांश

  • भरतपुरमहानगरको १९ नम्बर वडाको मतगणना विवादमा सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आजका लागि पेशी तोकिएको छ ।
  • न्यायाधीश ओमप्रकास मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सो मुद्धाको सुनुवाई गर्नेछन् ।
  • मिश्र र भडारीको आजको इजलासमा २ नम्बरमा राखिएको छ ।

भरतपुरमहानगरको १९ नम्बर वडाको मतगणना विवादमा सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आजका लागि पेशी तोकिएको छ । न्यायाधीश ओमप्रकास मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सो मुद्धाको सुनुवाई गर्नेछन् । मिश्र र भडारीको आजको इजलासमा २ नम्बरमा राखिएको छ ।
यसअघि पटक पटक सर्दै आएको पेशी साउन ८ गतेका लागि तोकिएको हो । निर्वाचन आयोगको छानबिन समितिले च्यातिएका ९० वटा मतपत्रको रिपोर्ट बुझाएको थियो । आयोगले विवाद समाधान गर्न भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट परेको थियो ।
एमालेको तर्फबाट भरतपुर वडानम्बर १९ का सदस्यका उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भरतपुर प्रकरणमा विवादित यो वडामा सर्वोच्चले पुन मतदान गर्ने आदेश देला या मतगणना भनेर धेरैले चासोका साथ लिएका छन् ।
भरतपुरमा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । असार १४ मा दोस्रो चरणको निर्वाचनको परिणाम समेत आइसकेको अवस्थामा भरतपुरमा भने विवादका कारण पुरै महानगरको नतिजा अडिकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण
नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित
नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
विद्युत् चुहिएर किराना पसलमा आगलागी
विद्युत् चुहिएर किराना पसलमा आगलागी
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…
Salman Khan, Iulia Vantur, Anil Kapoor and others attended Baba Siddique’s Iftaar Party!
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली