दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

सारांश

  • त्ननगर, चितवन, २ वैशाख, चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • अन्य नौ जना घाइते भएका छन् ।
  • पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

त्ननगर, चितवन, २ वैशाख, चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते भएका छन् ।

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटाँैडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन् ।

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।

यता चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति
चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन
कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ
कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ
Plank Management Software
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
सदरमुकाममा ‘फोरजी’ : गाउँमा  कुरा गर्न रुखमा चढ्नुपर्ने
सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड

तपाईंले छुटाउनुभयो कि?