सिरहामा तीन दल वडा तहमा विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३० पटक हेरिएको
Shares
सिरहामा तीन दल वडा तहमा विजयी

सारांश

  • सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् ।
  • लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
  • लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो ।

सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् ।

लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी हुनुभएको छ ।

मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ ।

त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ ।

निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?