डोटीमा दुई बस ठोक्किँदा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
५३ पटक हेरिएको
Shares
डोटीमा दुई बस ठोक्किँदा दुईको मृत्यु

सारांश

  • डोटी, ३१ असोज भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • तीमध्ये १५ जनाको अवस्था गम्भीर छ ।
  • मृत्यु हुनेमा देहिमाण्डौँं बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ ।

डोटी, ३१ असोज भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तीमध्ये १५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा देहिमाण्डौँं बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ ।
डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नंको बस आज मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।
उद्धार जारी रहेकाले २४ घाइतेको परिचय खुलेको छैन । तीमध्ये गम्भीर घाइतेलाई धनगढी र बाँकीलाई डडेल्धुरा पठाइएको घटनास्थलमा रहनुभएका प्रहरीचौकी गैराका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिनुभयो ।

दुवै गाडी तीव्र गतिमा गुडिरहेका कारण ठूलो क्षति भएको बताइएको छ । क्षतिग्रस्त बस दुवै सडकमै अड्किएका छन् । दुर्घटनापछि राजमार्ग केही समयका लागि अवरुद्धसमेत बनेको छ । उद्धारपछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गर्ने प्रयास भइरहेको इञ्चार्ज चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भारत भ्रमणमा ओलीले उठाए प्रश्न
प्रधानमन्त्रीको भारत भ्रमणमा ओलीले उठाए प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
असोज २८ गते मंगलबारको राशिफल यस्तो छ
सडकमा नाङ्गै उभिएर कांग्रेसको नाटक
सडकमा नाङ्गै उभिएर कांग्रेसको नाटक
बिचौलियाबाट कमिसन खान आयल निगमले यस्तो सम्म गरेको छ…
कोरोनाको नयाँ प्रकार कति खतरनाक, के भ्याक्सिनले काम गर्ला त?
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन