सामाजिक सञ्जालमा बाम एकता : भट्टराईको फोटो कि हिरोको ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा बाम एकता : भट्टराईको फोटो कि हिरोको ?

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच बाम एकता भएपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको छ ।
  • झन्डै पाँच महिनादेखि थालिएको एकता र सहकार्य अभियानले मूर्त रूप लिएपछि खुसीका साथै दुःख व्यक्त गर्ने पनि त्यत्तिकै छन् ।
  • सुजन पन्त

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच बाम एकता भएपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको छ । झन्डै पाँच महिनादेखि थालिएको एकता र सहकार्य अभियानले मूर्त रूप लिएपछि खुसीका साथै दुःख व्यक्त गर्ने पनि त्यत्तिकै छन् ।

बाम एकतापछि सामाजिक सञ्जालमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको फोटोलाई फोटोसपमार्फत कार्टुन बनाउँदै पोष्ट गर्नेको पनि कमी छैन् ।

त्यस्तै डा. भट्टराईको एक फोटो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको छ । झट्ट हेर्दा भट्टराईको उक्त फोटो साउथ इन्डियन हिरोको जस्तो देखिन्छ ।

‘आइ एम ब्याक’ भन्दै सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्ष्टाग्राममा भट्टराईको फोटोले राम्रै स्थान पाइरहेको छ । बाम एकता : टकाउ होला त ?

बाबुरामको मात्र किन भाइरल ?
तत्कालिक नेकपा माओवादीबाट प्रधानमन्त्री भइसकेका डा. भट्टराईले माओवादीबाट अलग्गिएर नयाँ शक्ति पार्टी गठन गरेका थिए । ‘अबको निकास आर्थिक विकास’ भन्ने नारा बोकेर नयाँ पार्टी खोलेका भट्टराईले एमाले र माओवादी केन्द्रसँग बाम एकता गरेपछि उनको फोटो भाइरल बनेको हो ।

पत्रकार कुसुम भट्टराई लेख्छन्, ‘बावुरामले त कम्युनिस्ट त्यागेकै हुन् । उनी कम्युनिस्ट होइनन् ।प्रचण्ड र ओली बिग्रेका कम्युनिस्ट,’ ‘अतः एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गठबन्धनलाई वाम गठबन्धन होइन, दाम गठबन्धन भन्नु ठीक होला । कोही पनि कम्युनिस्ट नभएपछि यत्राको वाम गठबन्धन ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?