स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन
सारांश
- काठमाडौँ ।
- मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।
- आज मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकद्धारा जारी सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
काठमाडौँ । मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।
आज मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकद्धारा जारी सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ,“नेपाल मेडिकल काउन्सिल ऐन,२०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४, को नियम २२ मा चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सक निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायीक र अनैतिक कार्य नगर्न उल्लेख गरिएको छ ।”
चिकित्कसहरूले कुनै कार्य गरेको प्रमाणित भएमा कानुन अनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया