८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
८६८ पटक हेरिएको
Shares
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर

सारांश

  • नायक निखिल उप्रेती र नायिका रेखा थापालाई स्टारडमको खुबै घमण्ड भयो ।
  • जसले गर्दा, यी दुइले एक अर्कासँग काम नै नगर्ने भन्दै बोलचाल बन्द गरे ।
  • करिब एक दशक अगाडिको कुरा थियो यो ।

नायक निखिल उप्रेती र नायिका रेखा थापालाई स्टारडमको खुबै घमण्ड भयो । जसले गर्दा, यी दुइले एक अर्कासँग काम नै नगर्ने भन्दै बोलचाल बन्द गरे । करिब एक दशक अगाडिको कुरा थियो यो ।

रेखा चलचित्र क्षेत्रमा जम्दै गइन् भने निखिल पनि आफ्नै स्टारडमका कारण चलिरहेका थिए । तर, नायिका संचिता लुइटेलसँग प्रेम गरेपछि निखिल मुम्बई हानिए ।
निखिललाई मुम्बइबाट नेपाल र्फकन ५ बर्ष लाग्यो । उनी र्फकदा माहोल परिवर्तन भैसकेको थियो ।

रेखा र निखिलको सम्बन्ध पानी बाराबारको अवस्थामा थियो । निखिल चलचित्र ‘भैरव’ निर्देशन गर्ने दौडमा थिए । सोहि, समयमा निखिल ८ बर्ष लामो दुश्मनी मेटाउँदै रेखाको अपार्टमेन्टमा पुगे ।

उनले, रेखालाई आफ्नो चलचित्रमा अभिनयका लागि प्रस्ताव गरेको समाचार सार्वजनिक भएका थिए । तर, निखिल र रेखाले एकसाथ काम गर्ने अवस्था अझै बनेको छैन ।

एकसाथ चलचित्रमा काम नगरेपनि रेखा र निखिल बक्स अफिसमा भिड्न भने तयार भए । चैत्र ११ गते निखिलको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’, रेखाको मुख्य भूमिका रहेको चलचित्र ‘डायरी’सँग भिड्न तयार भयो । रेखा र निखिलको बक्स अफिस भिडन्तलाई लिएर मिडियामा गसिप सुरु भएको थियो ।

तर, चलचित्र ‘डायरी’का निर्देशक अनिल योञ्जन बिरामी भएका कारण अब यो चलचित्र तोकिएको मितिमा रिलिज नहुने पक्का जस्तै छ । रेखा र निखिलको भिडन्त टर्‍यो ।

सिंगल थिएटरमा राम्रो दर्शक कमाएका निखिल र रेखाको भिडन्त अब आउँदो बर्षको दशैमा हुने भएको छ । रेखाले केहि दिन अगाडि आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरिन् । यो चलचित्र आउँदो बर्षको दशैमा रिलिज हुनेछ । सबैलाई थाहा छ, रेखाका लागि दशै फाप्दै आएको छ ।

अब, यो चलचित्रसँग निर्देशक हिमाल केसीले निर्देशन गर्न लागेको चलचित्र ‘पीजडा ब्याक एगेन’ जुध्ने भएको छ । यो चलचित्रमा निखिल मुख्य भूमिकामा छन् । चलचित्र ‘पीजडा’मा ७ तलाबाट हाम फालेपछि निखिल चर्चामा आएका थिए । सोहि, चलचित्रको नाम सापटी लिदै हिमाल केसी निखिललाई पर्दामा उतार्दैछन् ।

एक्सन निर्देशकको चलचित्रमा एक्सन स्टार भएपछि यसमा एक्सन भरपुर हुने कुरामा दुइमत छैन । रेखा भने, सुदर्शन थापा र अर्पण थापालाई लिएर चलचित्र ‘रुद्रप्रिया’को निर्माणमा व्यस्त छिन् ।

एक पटक टरेको रेखा र निखिलको भिडन्त फेरि हुने संभावना छ ? निखिल र रेखाको भिडन्त भयो भने यसले स्टारडमको मापन भने गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
रूखले किच्यो डाक्टर बन्ने सपना
रूखले किच्यो डाक्टर बन्ने सपना
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी

तपाईंले छुटाउनुभयो कि?