माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
सारांश
- सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय घोषणा गरिएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।
- केहीबेरअघि ललितपुरकाे सातदाेबाटाेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
- उनलाई सजाय भुक्तानका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय घोषणा गरिएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । केहीबेरअघि ललितपुरकाे सातदाेबाटाेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई सजाय भुक्तानका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । ओखलढुंगाका उज्वनकुमार श्रेष्ठको हत्यामा दोषी रहेको ठहर गर्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।
जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर र गरी सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो भने सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया