श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…

सारांश

  • मुम्बई।
  • चर्चित कमेडिन कपिल शर्माले आफ्नो विवाहको पार्टीसँग जोडिएको एक रमाइलो किस्साको खुलासा गरेका छन्।
  • कपिलका अनुसार जब अमृतसरमा कपिलको विवाहको रिसेप्शन भइरहेको थियो, तब एक अपरिचित व्यक्ति कपिल र उनकी पत्नी गिन्नी चतरथलाई बधाइ दिन स्टेजमा पुगे।
मुम्बई। चर्चित कमेडिन कपिल शर्माले आफ्नो विवाहको पार्टीसँग जोडिएको एक रमाइलो किस्साको खुलासा गरेका छन्। कपिलका अनुसार जब अमृतसरमा कपिलको विवाहको रिसेप्शन भइरहेको थियो, तब एक अपरिचित व्यक्ति कपिल र उनकी पत्नी गिन्नी चतरथलाई बधाइ दिन स्टेजमा पुगे।
ती अपरिचित व्यक्तिले कपिल र गिन्नीलाई बधाइमात्र दिएनन् उनले कपिलको गालामा चुम्बन पनि गरे। आफूलाई चुम्बन गरेको देखेर कपिल चकित परे। जबकि कपिलले ती व्यक्तिलाई चिन्दैन थिए।
कपिलका अनुसार जब यी व्यक्तिलाई कसैले पनि चिन्दैनन् भन्ने थाहा भयो तब कपिलले ती व्यक्तिको पेटमा एक मुक्का प्रहार गरे। मुक्का प्रहार गरेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए।
त्यसपछि ती नबोलाएका र अपरिचत पाहुन पूरै रिसेप्शनमा कतै पनि देखिएनन्। कपिलले यो खुलासा आफ्नो शो ‘द कपिल शमा शो’ मा गरेका हुन्। कपिलले १२ डिसेम्बरमा जालन्धरमा विवाह गरेका थिए। त्यसपछि उनले तीनवटा रिसेप्शन दिएका थिए। पहिलो रिसेप्शन अमृतसरमा १४ फेब्रुअरी, दोस्रो रिसेप्शन २४ डिसेम्बर मुम्बई र तेस्रो रिसेप्शन २ फेब्रुअरी नयाँ दिल्लीमा भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?