नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा

सारांश

  • काठमाडौं।
  • भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक भाग दिन आज काठमाडौं आएका छन्।
  • आजै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

काठमाडौं। भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक भाग दिन आज काठमाडौं आएका छन्। आजै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि आयोजना हुने संयुक्त आयोगको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्वका साथ मन्त्री जयशङ्करले सहअध्यक्षतासमेत गर्नेछन्।तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?