अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
२० पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

सारांश

  • काठमाडौं, असोज ३१ – अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मंगलबार ‘गरिबी अन्त्यको लागि जवाफः शान्त र समृद्ध समाज’ भन्ने नाराका साथ मनाईंदैछ ।
  • संयुक्त राष्ट्रसंघले घोषणा गरेपछि सन् १९९३ देखि हरेक अक्टोबर १७ तारिखलाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
  • नेपालमा भने मंगलबार चौथो पटक दिवस मनाउन लागिएको छ ।

काठमाडौं, असोज ३१ – अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मंगलबार ‘गरिबी अन्त्यको लागि जवाफः शान्त र समृद्ध समाज’ भन्ने नाराका साथ मनाईंदैछ । संयुक्त राष्ट्रसंघले घोषणा गरेपछि सन् १९९३ देखि हरेक अक्टोबर १७ तारिखलाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा भने मंगलबार चौथो पटक दिवस मनाउन लागिएको छ । गरिबी निवारणका लागि गएको वर्षदेखि सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य लिइएको छ । त्यसै अनुसार नेपालले चौधाैँ योजना कार्यान्वयनको चरणमा रहेको जनाएको छ । गरिबी निवारणका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले प्रयास गरिरहेको बताइरहे पनि चौधौंँ योजना अनुसार अहिले नेपालमा झण्डै २१ दशमलव ६ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन् ।

शहरी र ग्रामीण एवम विभिन्न भौगोलिक क्षेत्र र लैंगिक तथा सामाजिक समूहबिचमा असमानता बढ्दै गएकोे छ । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबी न्यूनिकरणको लागि राष्ट्रिय गरिबी निवारण नीतिको मस्यौदा तयार, गरिब घर पहिचान कार्यक्रम, सहकारी मार्फत गरिबी निवारणलाई टेवा दिन सहकारी ऐन, २०७४ संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणको चरणमा पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म २६ जिल्लामा गरिब घरपरिवार पहिचान गरिएको छ । उनीहरुलाई गरिव परिचयपत्र वितरण गर्ने तयारी पनि भएको छ भने ५१ जिल्लामा पनि यो आर्थिक वर्षमै  गरिब घरपरिवार पहिचान गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?