बढ्दैछ मौरीपालनमा किसानको आकर्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बढ्दैछ मौरीपालनमा किसानको आकर्षण

सारांश

  • तेह्रथुम, ५ कात्तिक  प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ ।
  • फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन गरिरहेका छन् ।
  • महको बजार अभाव नभएको र मौरीगोलाको समेत अत्यधिक माग रहेकाले किसानले अन्य पेसा व्यवसायसँंगै मौरीपालन पनि गरेका हुन् ।

तेह्रथुम, ५ कात्तिक  प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ ।

फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन गरिरहेका छन् ।
महको बजार अभाव नभएको र मौरीगोलाको समेत अत्यधिक माग रहेकाले किसानले अन्य पेसा व्यवसायसँंगै मौरीपालन पनि गरेका हुन् । अघिल्लो वर्ष सरकारले देशका ६५ जिल्लामा एकैपटक युवा लक्षित कार्यक्रम अन्तर्गत मौरीपालन व्यवसायमा ठूलो रकम लगानी ग¥यो । तर तेह्रथुमलाई मौरीपालनका लागि सरकारले छनोट गरेन । सरकारीस्तरको कुनै पनि सहयोग नपाएरै पनि यहाँका किसानले मौरीपालनलाई व्यावसायिक समेत बनाएका छन् ।

यस व्यवसायमा धेरै सम्भावना हुँदाहुँदै पनि सरकारले हामीहरुलाई उपेक्षा गरेको वसन्तपुरका मौरीपालक किसान चन्द्र कार्कीले बताउनुभयो ।

व्यावसायिक मौरीपालनमा राम्रो सम्भावना देखिएपछि ओख्रेका किसान नोचन्द्र पौडेलले पनि सेरेना जातको मौरी पाल्न थाल्नुभएको छ ।

पराम्परागत रूपमा मौरी पाल्दै आउनुभएका पौडेलले अहिले २५ थान आधुनिक घार बनाएर मौरी पाल्नुभएको हो । यो व्यवसायमा जिल्लाको राम्रोसंग फष्टाएकाले त्यसका लागि किसानलाई तालीम, लगानीका लागि सस्तो ब्याजमा ऋण र अनुदानको व्यवस्था हुनुपर्नेमा कुनै पनि सरकारी या गैरसरकारी संस्थाले नसघाएकोे उहाँले गुनासो गर्नुभयो ।

थोरै मात्र सरकारी सहयोग भए जिल्लामा व्यावसायिक मौरीपालन फस्टाउने साना किसान कृषि सहकारी संस्था वसन्तपुरका अध्यक्ष चित्रबहादुर कार्कीले जोड दिनुभयो। उक्त सहकारी मार्फत ३० जनाभन्दा बढी स्थानीय किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् ।

यस व्यवसायमा किसानको उत्साह, मेहनत र लगानी देखेर जिल्लामा काम गरिरहेको नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) र बहुसरोकारवाला वन कार्यक्रम (एमएसएफपी) ले लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मौरीपालक किसानलाई मौरीका गोला र मौरीजन्य उपकरण वितरण गरेर व्यावसायिक मौरीपालनको अभियान नै चलाएको छ ।

यहाँका ३० भन्दा बढी मौरीपालक किसान छनोट गरी उनीहरूको समेत न्यून लागतमा करिब रू छ लाख बराबरको मौरीका गोला र मौरीजन्य उपकरण वितरण गरिएको आरआरएनका जिल्ला संयोजक सुमित गौतमले बताउनुभयो ।

मौरीपालक किसानलाई तालीम, क्षमता विकास र मौरीपालन गर्दा आइपर्ने समस्याका बारेमा साना किसान कृषि सहकारी संस्थाले नै प्रशिक्षण दिँदै आएको संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो ।

सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले जिल्लामा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।

कार्यालयका अनुसार जिल्लामा मुढे, खोपे, अन्य परम्परागत र आधुनिक घारमा समेत गरी १५ हजार थान भन्दा बढी घारमा किसानले मौरी पालेका छन् ।

पूर्वी तराईमा मौरीपालनका लागि चरन क्षेत्रको अभाव भएको भन्दै व्यावसायिक मौरीपालक कृषक मौरी चराउनका लागि हिउँद नलाग्दैदेखि पहाडतिर चढ्दै यहाँको तीनजुरे क्षेत्रको जंगलमा समेत आइपुग्ने गरेका छन् ।

वर्षेनी हुलका हुल मौरीसहितका घार लिएर चराउन आउनेले ठूलो परिश्रम बिना नै मौरीबाट प्रशस्त आम्दानी लिएको देखेपछि जिल्लाका अन्य किसानलाई पनि प्रेरणा मिलेको छ ।
पूर्वी तराईमा भइरहेको औद्योगिक प्रदूषण र बालीनालीमा विषादीको अत्यधिक प्रयोगका कारण मौरीलाई चरनको समस्या भएको झापाको सुरुङगाबाट मौरी चराउन यहाँ आएका किसान कृष्ण अधिकारीले बताउनुभयो ।

पूर्वी तराईमा लामो समयदेखि पानी नपरेका कारण बोटबिरुवा पर्याप्त नफुल्दा मौरीलाई चरन अभाव भएको अधिकारीले बताउनुभयो । स्वच्छ वातावरण रहेको यहाँको पहाडी वनमा तराईका झापा, मोरङ र सुनसरीलगायत जिल्लाका दर्जनौँ किसानले मौरी चराउन ल्याउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
मूर्ति बेचेर लाखौं आम्दानी
मूर्ति बेचेर लाखौं आम्दानी
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
म्यादी प्रहरीमा युवायुवतीको लर्को
म्यादी प्रहरीमा युवायुवतीको लर्को
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..

तपाईंले छुटाउनुभयो कि?