काठमाडौँमा युवतीमाथि एसिड प्रहार
सारांश
- काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
- ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।
- निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो ।
काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
कसले आक्रमण गर्यो भन्ने नखुलेको र पीडितबाट पनि कुनै जानकारी नपाएको भए पनि आफूहरूले खोजी जारी राखेको उहाँले बताएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया