जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?

सारांश

  • बुर्तिवाङ ।
  • बागलुङ जिल्लाको सदरमुकाममा मात्रै नभएर ठाउँठाउँमा सरकारी एवं निजीस्तरबाट स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र अस्पताल (हस्पिटल) रिचर्स सेन्टर सञ्चालित छन् ।
  • सरकारी स्तरबाट सञ्चालित स्वास्थ्य निकायहरुबाट प्रवाह गरिने सेवा सुविधाहरुका बारेमा प्रचारप्रसार गरी जनतालाई सुसूचित गर्ने त्यत्ति चलन नभएपनि निजीस्तरबाट खोलिएका अस्पताल (हस्पिटल), रिसर्च सेन्टर र औषधी पसलेहरु समेतले भने त्यहाँ उपलव्ध हुने सेवा, सुविधाहरुका सम्वन्धमा बढाईचढाई व्यापक प्रचारप्रसार गरिरहेका छन् ।

बुर्तिवाङ । बागलुङ जिल्लाको सदरमुकाममा मात्रै नभएर ठाउँठाउँमा सरकारी एवं निजीस्तरबाट स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र अस्पताल (हस्पिटल) रिचर्स सेन्टर सञ्चालित छन् । सरकारी स्तरबाट सञ्चालित स्वास्थ्य निकायहरुबाट प्रवाह गरिने सेवा सुविधाहरुका बारेमा प्रचारप्रसार गरी जनतालाई सुसूचित गर्ने त्यत्ति चलन नभएपनि निजीस्तरबाट खोलिएका अस्पताल (हस्पिटल), रिसर्च सेन्टर र औषधी पसलेहरु समेतले भने त्यहाँ उपलव्ध हुने सेवा, सुविधाहरुका सम्वन्धमा बढाईचढाई व्यापक प्रचारप्रसार गरिरहेका छन् ।

यस्तै बुर्तिवाङका एफएम रेडियोहरुबाट प्रसार गरिने एक अस्पतलालको विज्ञापनलाई सुनेर विश्वास गर्ने हो भने यहाँका विरामीहरु बाहिरी देश जाने कुरा छोडौँ, अमेरिकाका रोगीहरु पनि निदानका लागि यहाँ उपचार गर्न आएहुन्छ भन्ने भ्रममा नपरिएला भन्न सकिन्न ।

अर्कोतिर महंगो उपचारका कारण सर्वसाधारणको ढाडै भाँचिएको छ । सय रुपैयाँको औषधीले निको हुने रोग हजारौँ रुपैयाँको औषधी प्रेस्क्राइव (भिडाउने)गरिन्छ । त्यतिमात्र होईन, खुट्टाको उपचार गर्न गएको बिरामीलाई अल्ट्रासाउण्ड गर्न लगाईन्छ । बुर्तिवाङमा सञ्चालित स्वास्थ्य संस्थाहरुमाथि पछिल्लो समय यस्तै आरोप लाग्न थालेको छ ।

यहि २०७४ असार १ गते पेट दुखेर बुर्तिवाङ उत्तरगंगा अस्पताल प्रा.लि.मा जँचाउन पुगेका बुर्तिवाङस्थित सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष एवं पत्रकार ३४ वर्षीय लोकेन्द्र निरासीलाई त्यस अस्पतालका विशेषज्ञ डाक्टर अशोकचन्द्र श्रेष्ठले अल्ट्रासाउण्ड गरे । उनले निराशीका दुवै मृगौलामा दुई दुई वटा ढुंगा भएको बताउँदै त्यस्को साईज पनि लेखे । दाहिने मृगौलामा ४ एमएम र ३ एमएमका र देब्रे मृगौलामा ३ एमएम र २ एमएमका दुई टुक्रा ढुंगा भएको भन्दै औषधी लेखेर दिए ।

पत्रकार निरासी भन्छन्, ‘साउन २२ गतेसम्म औषधी प्रयोग गरिरहेँ तर ‘दशको नौ’ नभएपछि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा जचाउन पुगें । केन्द्रका डाक्टर सुनिल कुमार जयसवालले पनि भिडीयो एक्सरे गरे । त्यहाँको परिक्षणको रिपोर्टमा दुवै मृगौलामा दुई नभै एक/एक ढुंगा भएको र त्यस्को साईज दाहिनेको ५ र देब्रेको ६ एमएम देखिएपछि म मानसिक रुपमा तनावग्रस्त बनेँ ।’

‘डेढ महिनाभित्रै ढुंगाको साईज दोब्बर बढेको रिपोर्ट आएपछि म निरासीमात्र नभएर अरु जो पनि तनावमा परेर निरास हुनुपर्ने अवस्था हुन्छ ।’

‘त्यसपछि के गर्नुभयो त ?’

तुरुन्तै पोखरा फेवासिटी अस्पतालमा पुगेर मृगौला परीक्षण गराएँ ।

कस्तो आयो त रिपोर्ट ?

‘त्यहाँको परीक्षण रिपोर्टमा मृगौलामा स्टोन देखिएन । डाक्टर साहेवहरुले दुबै मृगौला राम्रो रहेको बताउनुभयो ।’

त्यसपछि ?

‘बुर्तिवाङमा दुई ठाउँमा अल्ट्रासाउण्ड गर्दा मृगौलामा ढुंगा देखियो, यहाँ देखिएन, म कसरी विश्वस्त बनौँत’ भन्दा मृगौला परीक्षण गर्ने अहिले अर्को प्रविधी  IVU RADIOLOGY  पनि छ तपाईँलाई शंका छ भने त्यो पनि परिक्षण गरेर ढुक्क भएर जानुस् भनेर डाक्टरहरुले भनेपछि त्यो पनि गराएँ, रिपोर्ट राम्रो आयो । ग्यास्टिकले पेट दुखेको रहेछ त्यस्को उपचार गरी अहिले बुर्तिवाङमा फर्किएको छु ।

अहिले तपाई के फिलिङ गरिरहनुभएको छ त भन्ने प्रश्नमा निरासीको जवाफ थियो–पैँतिस/चालिस हजार खर्च भएको भन्दा पनि बुर्तिवाङको रिपोर्टले मानसिक तनाव दियो । मजस्ता कति बिरामीहरु गलत डायग्नोशिसको मारमा परेर अज्ञानतवस जीवनसँग खेलबाड गरिरहे होलान भन्ने चिन्ता लागिरहेको छ ।

निरासी मात्रै नभएर गत २०७३ साल जेठ महिनामा बुर्तिवाङ उत्तरगंगा अस्पतालमा पेट दुखेर उपचार गर्न पुगेकी खुंगाकी १६ वर्षीया पुनम सुनारको अल्ट्रासाउण्ड गरेर मृगौलामा ढुंगा छ भनि औषधि खुवाईएको थियो । तर उनलाई निको हुनुको साटो झनै च्याप्न थालेपछि उनी पोखराको फेवासिटीमा देखाउँदा मृगौलामा ढुंगा छैन भनेको र त्यसपछि काठमाडौं शिक्षण अस्पतालमा गएर देखाउँदा मृगौलाको समस्या नभै अन्य कारणले पेट दुखेका पत्ता लगाएर औषधी खाएपछि निको भएको थियो ।

यी त प्रकाशमा आएका दुई उदाहरण मात्र हुन् । यी दुई घटनाहरुबाटै अनुमान गर्न सकिन्छ निसी भूजीका सिधासाधा जनताहरु उपचारका नाममा कति शोषित पीडित बनेका होलान ।

‘हेर्नुहोस बुर्तिवाङमा गरेको अल्ट्रासाउण्ड रिपोर्ट र फेवासिटी पोखरामा गरेको रिपोर्ट’

हेरौँ निरासीको मृगौला परीक्षणको रिपोर्ट

यो रिपोर्ट हो बुर्तिवाङ उत्तरगंगा हस्पिटल प्रा.लि.को ।

यो रिपोर्ट हो बुर्तिवाङ स्वास्थ्य केन्द्रको ।

यो रिपोर्ट हो फेवासिटी अस्पताल पोखराको ।

प्रश्न उठ्छ के बुर्तिवाङ उत्तरगंगा अस्पताल र बुर्तिवाङ स्वास्थ्य केन्द्रमा रहेका दुवै अल्ट्रासाउण्ड मेशिनले मृगौलामा ढुंगामात्र देखाउँछ ? त्यसो होईन भने, फेवासिटी अस्पतालको मेसिनमा किन देखिएन् ?

विषय गम्भीर छ, यस्को अनुसन्धान (जाँच) गरिनुपर्छ । मानव जीवनसँग खेलबाड गर्ने स्वास्थ्य संस्था र त्यस्मा कार्यरत स्वास्थ्यकर्मीमाथि छानबिन गरी यस्को सहि निराकरण हुनु जरुरी छ । जनताको स्वास्थ्यमाथि भैरहेको चरम लापर्बाही शोषणप्रति जनप्रतिनिधीहरु र प्रशासनिक निकाय टुलुटुलु हेरेर बस्नहुन्न भन्दै स्थानीयवासीले कार्बाहीको माग गरेका छन् ।

साभार : www.ebaglung.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
खड्कालाई उपचारको लागि दिल्ली लगियो
खड्कालाई उपचारको लागि दिल्ली लगियो
तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
Скачать приложение Mostbet для Android APK и iOS в 1 клик 202
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो

तपाईंले छुटाउनुभयो कि?