सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

सारांश

  • युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ ।
  • यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहनुभएका उहाँले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिनुभएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिनुुभयो ।
  • उहाँले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिनुहुनेछ ।

युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहनुभएका उहाँले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिनुभएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिनुुभयो ।
उहाँले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिनुहुनेछ । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्य्रान्क वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरीबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौती तथा नेपालको बाल अधिकार तथा दिगो विकास लक्ष्यसम्बन्धी विषयमा पनि जानकारी लिएको जनाइएको छ ।
युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । पाँचदेखि १२ वर्ष उमेर समूहका करीब सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित छन् । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्छन् । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि छन् । युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दशकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध
कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी
कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप
कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप
चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान
चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान
एक कोसा केरा खाँदा यति धेरै फाईदा !
एक कोसा केरा खाँदा यति धेरै फाईदा !
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु

तपाईंले छुटाउनुभयो कि?