दोस्रो वान डेमा भारतको जीत
सारांश
- काठमाडौं ९ कार्तिक।
- न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा भारत विजयी भएको छ।
- पुणेमा बुधबार भएको दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै शृंखला १-१ को बराबरीमा ल्याएको हो।
काठमाडौं ९ कार्तिक। न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा भारत विजयी भएको छ। पुणेमा बुधबार भएको दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै शृंखला १-१ को बराबरीमा ल्याएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले उल्लेख्य प्रदर्शन गर्न सकेन। निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो। भारत ४ विकेट गुमाएर ४६ ओभरमै २ सय ३२ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ६८ रन बनाए भने दिनेश कार्तिक नटआउट ६४ रनमा रहे। त्यसैगरी महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे। कप्तान विराट कोहलीले २९ तथा हार्दिक पान्ड्याले ३० रन बनाएर आउट भए ।
यसअघि टम लाथामले ३८, हेनरी निकोल्सले ४२ र ग्रान्डहोमले ४१ रन बनाएपछि पुरै ५० ओभर खेल्दै २ सय ३० रन मात्रै बनाउन बनाउन सकेको थियो । न्युजिल्यान्डको नौ विकेट गएको थियो। बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने युजवेन्द्र चहाल र जसप्रित बुमराहले २–२ विकेट हात पारेका थिए। ४५ रन दिँदै तीन विकेट लिएका कुमार म्यान अफ द म्याच घोषित भए । मुम्बइमा भएको पहिलो एक दिवसिय खेल न्युजिल्यान्डले ६ विकेटले विजयी भएको थियो ।
निर्णायक तेस्रो वान डे कानुपरमा आइतबार हुने छ।
प्रतिक्रिया