मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला

सारांश

  • काठमाडौं ।
  •  चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् ।
  • आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।

काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।

श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु,’ उनले भिडियोमा भनेकी छन् । प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अब एउटा पि्रजेन्टेसन दिनुपर्छ र त्यसैको आधारमा हेड टु हेडको टप १० मा पुगेपछि मिस वर्लडको टप ३० मा पुगिन्छ ।

श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् । मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको बलियो उपस्थिति छ । श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?