दोस्रो वान डेमा भारतको जीत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
दोस्रो वान डेमा भारतको जीत

सारांश

  • काठमाडौं ९ कार्तिक।
  • न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा भारत विजयी भएको छ।
  • पुणेमा बुधबार भएको दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै शृंखला १-१ को बराबरीमा ल्याएको हो।

काठमाडौं ९ कार्तिक। न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा भारत विजयी भएको छ। पुणेमा बुधबार भएको दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै शृंखला १-१ को बराबरीमा ल्याएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले उल्लेख्य प्रदर्शन गर्न सकेन। निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो। भारत ४ विकेट गुमाएर ४६ ओभरमै २ सय ३२ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ६८ रन बनाए भने दिनेश कार्तिक नटआउट ६४ रनमा रहे। त्यसैगरी महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे। कप्तान विराट कोहलीले २९ तथा हार्दिक पान्ड्याले ३० रन बनाएर आउट भए ।

यसअघि टम लाथामले ३८, हेनरी निकोल्सले ४२ र ग्रान्डहोमले ४१ रन बनाएपछि पुरै ५० ओभर खेल्दै २ सय ३० रन मात्रै बनाउन बनाउन सकेको थियो । न्युजिल्यान्डको नौ विकेट गएको थियो। बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने युजवेन्द्र चहाल र जसप्रित बुमराहले २–२ विकेट हात पारेका थिए। ४५ रन दिँदै तीन विकेट लिएका कुमार म्यान अफ द म्याच घोषित भए । मुम्बइमा भएको पहिलो एक दिवसिय खेल न्युजिल्यान्डले ६ विकेटले विजयी भएको थियो ।

निर्णायक तेस्रो वान डे कानुपरमा आइतबार हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो
कस्तो रहला शनिबार देशभरको मौसम?
कस्तो रहला शनिबार देशभरको मौसम?
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा

तपाईंले छुटाउनुभयो कि?