धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण

सारांश

  • धादिङ ।
  • पछिल्लो समय धादिङ जिल्लामा गुण्डागर्दि मौलाएको छ ।
  • गुण्डागर्दिको आरोपमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका राधाकृष्ण भण्डारी ‘राधे’को समुह फेरी सक्रिय हुँन थालेको छ ।

धादिङ । पछिल्लो समय धादिङ जिल्लामा गुण्डागर्दि मौलाएको छ । गुण्डागर्दिको आरोपमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका राधाकृष्ण भण्डारी ‘राधे’को समुह फेरी सक्रिय हुँन थालेको छ ।

सोमबार धादिङ बेसी स्थित शान्तबजारको एक होटलमा खाजा खाइरहेका आयुप तामाङमाथि ‘राधे’ भण्डारी र उनका समुहका गोपी कृष्ण भण्डारी सहितका ६ जनाको समुहले सांघातिक हमला गरेको छ । ६ वटा बाइका आएका ‘टोले गुण्डा’हरुको सो समुहले तरबार प्रहार गरेको थियो । तरबार प्रहारपछि गम्भिर घाइते भएका आयुपलाई उपचारका लागि न्युरो अस्पताल बासबारी ल्याइएको छ ।

उनको अवस्था चिन्ताजनक रहेको परिवारिक स्रोतले जनाएको छ । पीडित तामाङका अनुसार उनलाई आक्रमण गर्न राधाकृष्ण भण्डारी, गोपी कृष्ण भण्डारी, सन्देश तामाङ, प्रकाश तामाङ लापाली, प्रकाश घले, व्रिजेश गुप्ता र मोहन पाण्डेले आक्रमण गरेका थिए ।

स्रोतका अनुसार केही दिनअघि राधे भण्डारी समुहका सदस्यले आयुपले चलाउँदै आएको टिफर तोडफोड गरेको थियो । तोडफोडपछि प्रहरीलाई उजुरी गर्न पुगेका उनले न्याय नपाएको गुनासो गर्दै आएका थिए । ‘प्रहरीमा उजुरी किन दिइस् भन्दै आक्रमण भयो,’ एक प्रत्यक्षदर्शीले भने,‘तरबारले पटक पटक प्रहार गरेपछि आयुप तामाङ गम्भिर घाइते भए ।’

आयुपको टाउकोमा गम्भिर चोट लागेको छ । केही वर्ष अघि हतियारसहित पक्राउ परेका राधे राजनीतिक पहुँचको प्रयोग गर्दै छुटेका थिए ।

धादिङ प्रहरीका एसपी सरद खत्रीले घटनामा समलग्नहरुको खोजी भइरहेको जानकारी दिए । ‘अनुसन्धान भइरहेको छ । घाइते न्युरोमा हुनुहुन्छ,’ उनले भने,‘छिटै घटनामा समलग्नहरु पत्ता लाग्नेछन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु
सडक मजदुरको चित्कार, सुन्दैन सरकार
सडक मजदुरको चित्कार, सुन्दैन सरकार
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने
भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने
Japan marks 73rd anniversary of atomic attack on Hiroshima
Japan marks 73rd anniversary of atomic attack on Hiroshima
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !

तपाईंले छुटाउनुभयो कि?