झापामा गोलि चल्यो।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
झापामा गोलि चल्यो।

सारांश

  • झापाको विर्तामोडमा बालक हत्याको विरोधमा निकालिएको र्‍यालीमा प्रहरीले दमन गरेर दर्जनौं राउण्ड गोली चलाएको छ ।
  • शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यलाीमा प्रहरीले दमन गरेको हो ।
  • शनिश्चरे रोडबाट निकालिएको र्‍याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेको थियो ।

झापाको विर्तामोडमा बालक हत्याको विरोधमा निकालिएको र्‍यालीमा प्रहरीले दमन गरेर दर्जनौं राउण्ड गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यलाीमा प्रहरीले दमन गरेको हो । शनिश्चरे रोडबाट निकालिएको र्‍याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेको थियो । प्रहरीको अवरोधलाई छिचोलेर र्‍याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेको हो ।

शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो। तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताए ।
गोली प्रहार तथा अश्रुग्यास लागेर कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन । प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोलेका छन् । काम गर्न कार्यालय तथा पसलमा आएका सर्वसाधारणलाई कुटपिट समेत गरेका छन् । विर्तामोड अहिले अत्यन्त त्रसित छ ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?