साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष

सारांश

  • काठमाडाै,१८ वैशाख ।
  • पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवको जीवन रक्षाका लागि राष्ट्रिय जनता पार्टी नेपालकी प्रदेशसभा सदस्य डाअन्जु यादवले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेकी छन् ।
  • पाकिस्तानी मृतकको परिवारलाई ब्लड मनी दिए उमेश यादवको सजाय माफगरी जीवन जोगाउन सकिने साउदी अरबको अदालतले फैसला सुनाएको छ ।

काठमाडाै,१८ वैशाख । पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवको जीवन रक्षाका लागि राष्ट्रिय जनता पार्टी नेपालकी प्रदेशसभा सदस्य डाअन्जु यादवले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेकी छन् ।

पाकिस्तानी मृतकको परिवारलाई ब्लड मनी दिए उमेश यादवको सजाय माफगरी जीवन जोगाउन सकिने साउदी अरबको अदालतले फैसला सुनाएको छ ।

सोही अनुरुप सामाजिक अभियन्ता सरोज रायले पाकिस्तानी पीडित परिवारसँग क्षमापत्र लिन पाकिस्तान पुगेका हुन् । उनले जनाएअनुसार पाकिस्तानी पीडित परिवारले पाकिस्तानी रुपैयाँ ३० लाख ब्लडमनी माग गरेको छ ।

उमेश यादवको ज्यान जोगाउन ब्लड मनीका लागि सरोज रायले सार्वजनिक रुपमा आह्वान गरेका थिए । सोही अनुरुप राजपाकी सांसद डा यादवले आफ्नो एक महिनाको तलब बराबरको रकम उमेश यादवको जीवन रक्षाका लागि दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेकी हुन् ।

उनले उमेश यादवको जीवन रक्षाका लागि सबैलाई सहयोग गर्न आहवान समेत गरेकी छन् । डा अन्जुले सबैले मिलेर सहयोग गरे ब्लडमनिको लागि अपुग रहेको रकम छिट्टै संकलन हुने बताउदै यादवको जीवन रक्षाका लागि सानो रकम भए पनि सामाजिक अभियान्ता सरोज राय मार्फत सहयोग गर्ने अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє8-| тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण
तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने
मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने
थाहा पाउनुहोस् बुधबारको राशिफल
थाहा पाउनुहोस् बुधबारको राशिफल
तत्कालिन प्रम देउवाले गरेका नियुक्ति र निर्णय सबै खारेज गर्न बामदेब गौतमको सुझाब
तत्कालिन प्रम देउवाले गरेका नियुक्ति र निर्णय सबै खारेज गर्न बामदेब गौतमको सुझाब
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु

तपाईंले छुटाउनुभयो कि?