खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
६० पटक हेरिएको
Shares
खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा

सारांश

  • काठमाडौं, १८ पुस ।
  • माओवादी धाराबाट आएका नेता÷कार्यकर्ताहरुको व्यवस्थापनको जिम्मा रामबहादुर थापा बादललाई दिँदै नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सकिएको छ ।
  • दिउँसो १ बजेदेखि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

काठमाडौं, १८ पुस । माओवादी धाराबाट आएका नेता÷कार्यकर्ताहरुको व्यवस्थापनको जिम्मा रामबहादुर थापा बादललाई दिँदै नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सकिएको छ । दिउँसो १ बजेदेखि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा “बादल”को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहेका छन् ।

आम जनताले आफ्नो अभिमत दिएर अनुमोदन गरिसकेकाले पार्टी एकतालाई दू्रतगतिमा अगाडि बढाउने निर्णय गरिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । “एमाले अध्यक्ष केपी शर्मा ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ”, बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘खजुरे ब्रो’को ट्रेलर सहकारीको ठगी विषयलाई प्राथमिकता
‘खजुरे ब्रो’को ट्रेलर सहकारीको ठगी विषयलाई प्राथमिकता
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
उद्योगपति विनोद चौधरीको स्कुलमाथि छानबिन
उद्योगपति विनोद चौधरीको स्कुलमाथि छानबिन
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?