नेपाल ५ विकेटले विजयी !
सारांश
- काठमाडौं, १५ फागुन आईसिसि विश्वकप छनोट वार्म–अप म्याचमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ ।
- जिम्बाबेमा १५ फागुनमा भएको अभ्यास खेलमा युएईले दिएको १७२ रनको विजयी लक्ष्य नेपालले सहजै पुरा गरेको हो ।
- विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेको नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले जितेको छ ।
काठमाडौं, १५ फागुन आईसिसि विश्वकप छनोट वार्म–अप म्याचमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बाबेमा १५ फागुनमा भएको अभ्यास खेलमा युएईले दिएको १७२ रनको विजयी लक्ष्य नेपालले सहजै पुरा गरेको हो । विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेको नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले जितेको छ ।
१ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालको ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२, दिलिप नाथ ४ रन बनाए । नट अाउट रहेका शरद भेषावकरले ४१ र अारिफ शेखले २३ रन बनाए ।
बलिङ तर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएकाे युएर्इले २९ अाेभरमा अाफ्ना सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएकाे थियाे । युएर्इका लागि अस्फाक अहम्मदले सर्वाधिक ४२, गुलाम साबेरले ३२, अदनान मुफ्तीले ३७, मुहम्मद उस्मानले २६, साइमन अनवरले १६ रन बनाए । युएर्इका ६ जना ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेडन सकेनन् ।
नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा बिजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बाबे पुगेका हुन् । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेलेका हुन् ।
नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो । जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल सहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् ।
नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समुह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।
Rama Uprety
Aaja kati ramro khele